Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

संघिय शिक्षा ऐनकाे विधेयक जलाइयाे

spot_img
spot_img
वीरगंज । संसदमा बुधवार दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लाई नेपाल शिक्षक महासङ्घ पर्साले जलाएको छ ।
 
विधेयकलाई खारेज गर्न माग गर्दै महासंघले बुधबार सांझ वीरगंजकाे घण्टाघर चोकमा प्रदर्शन गर्दै विधेयककाे प्रतिलिपी जलाएकाे  महासंघ पर्साका जिल्ला सदस्य राहुल साहले वताए ।
 
संघीय सरकारद्वारा संघीय संसद सचिवालयमा बुधबारका दिन दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ २०८० विद्यालयसँग सरोकारित सम्पूर्ण पक्षको विरोधी रहेकोले शिक्षक महासंघ यसको घोर यसकाे विराेधमा उत्रेकाे शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले वताए ।
 
संघीय सरकारद्वारा यस कालो विधेयक तुरुन्त फिर्ता लिन माग उनले विधेयक २०८० को विरोधमा कडा आन्दोलनका कार्यक्रम ल्याउन महासंघ राष्ट्रिय समितिसँग जोडदार माग समेत गरेकाे उनले जानकारी गराए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...