Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

बाल सुधार गृहकाे तनाव साम्य, याताना दिएकाे बालकैदीहरुकाे आराेप

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित बाल सुधार गृहको तनाव २० घण्टापछि साम्य भएको छ । मंगलबार रातिदेखि तनावग्रस्त बनेको बाल सुधार गृहको अवस्था बुधबार अपरान्ह देखि साम्य भएको हो ।

बाल सुधार गृहकै गेट अगाडि बुधबार अपरान्ह स्थानीय प्रशासन र प्रदर्शनकारी बालकैदीहरुबिच वार्ता भएको थियो । वार्तामा सहमती जुटेपछि सुधार गृहमा ताेडफाेड गर्नुकाे साथै बिराेध प्रदर्शन गर्दै बाहिर समेत निस्केका बालकैदीहरू सुधार गृह भित्र प्रवेश गरेका हुन् । सुरक्षाका लागि खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पनि फिर्ता पठाइएको छ ।

वार्ता कै क्रममा बाल कैदीबन्दीहरुले सुधार गृहका पूर्व चाैकीदार गुड्डु यादवलाई पक्राउ गरि कारवाही गर्न अडान राखेका थिए । गत जेष्ठ १५ गते राष्ट्रपतिबाट माफी पाएर रिहा भएका यादवले आफुहरुलाई यातना दिएको, बासी खाना खुवाउने गरेको, खान नमाने कुटपिट गर्ने गरेको, यादवको उर्दी नमान्दा आफुहरुलाई पिसाबसमेत खुवाएको, आफन्त भेट्न आउदाँ पैसा असुल्ने गरेको लगायतका काम गरेकाले उनलाई पुन: पक्राउ गरि कारबाही गर्न उनिहरुले माग गरे ।

उनीहरुले अहिलेपनि सुधार गृहमा कानुनले उपलब्ध गराएको सम्पूर्ण सुविधा नपाएको, खानाको मात्रा पर्याप्त र गुणस्तरीय नभएको, एउटै कोठामा १७/१८ जनालाई कोचेर राखिएको, सुरक्षाका लागि खटिएका प्रहरीले गालीगलौज र दुर्व्यवहार गरिरहेको, बिरामी पर्दा औषधी उपचार पाउन नसकेको, शौचालय र सफा खानेपानीको व्यवस्था नभएकोले यी सबैको व्यवस्थापन गरिदिनुपर्ने मागपनि राखेका थिए ।

वार्ताका क्रममा प्रदर्शनकारी बालकैदीहरूले तीन सातापहिले भक्तपुर बाल सुधार गृहबाट ल्याएर राखिएका १८ जना बालकैदीहरुलाई पनि अन्यत्र पठाउन माग गरेका थिए ।

बालकैदीहरूले राखेका यी सबै माग सम्बेधन गर्न पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आफ्नाे तहबाट पुरा हुने मागहरु पुरा गर्ने र अन्य मागहरुकाे हकमा सम्बन्धित ठाउँमा पहल गर्ने वताए ।

अधिकारी रेग्मीले अबदेखि प्रत्येक महिना सुधार गृहको अनुगमनमा आफै आउने प्रतिबद्धता समेत जनाए । उनले भने,‘ ‘म अब प्रत्येक महिनामा एक पटक आफै सुधार गृहकाे अनुगमनमा आउँन्छु, त्यस क्रममा तपाईहरु आफ्नो गुनासो राख्नु हाेला,’ ।

त्यसपछि आन्दोलनरत बालकैदीहरु प्रदर्शन स्थगीत गरि अपरान्ह साढे ४ बजेपछि देखि बालगृह भित्र फर्किएको बाल सुधार गृहका प्रमुख टिकाकृष्ण काफेलेले बताए ।

उनका अनुसार वार्तामा भएको सहमति अनुसार प्रहरीले भक्तपुरको बालसुधार गृहबाटबाट ल्याएर राखिएका १८ जना बाल कैदीहरुलाई निकालेर जिल्ला प्रहरी कार्यालयमा लगेकाे थियाे ।

वार्तामा वीरगंज बाल सुधार गृहमा मंगलबार राति देखि तोडफोड र ढुङ्गामुढा गर्दै प्रदर्शनमा उत्रिएका मध्ये २० जना बालकैदी, पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मी, प्रहरी उपरीक्षक काेमल शाह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य, वीरगंज महानगरपालिका अन्तर्गतको बाल कल्याण गृहकी प्रमुख साबित्री भण्डारी, पत्रकार र मानवअधिकारकर्मीको सहभागीता थियो ।

सुधार गृह रातभरी तनावग्रस्त, एक दर्जन भन्दा बढी घाइते

बाल सुधार गृहमा मंगलबार राति झडप हुँदा ३ प्रहरीसहित १४ जना घाइते भएका थिए । बालकैदीबन्दीहरुले सुधार गृहका चौकीदार (नाइके) ललीत भुजेलसंग विवाद गरी अन्यलाईपनि कुटपिट गरेपछि सुधार गृहका बालकैदिबन्दीहरु बिच नै झडप भएकाे थियाे ।

वीरगंज बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहाँ पहिलेदेखि बस्दै आएका बालकहरूबिच विवाद भई झडप हुँदा सुधार गृह मंगलबार रातभर तनावग्रस्त रह्यो ।

त्यस क्रममा उनीहरूले सुधार गृहभित्र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो सङ्ख्यामा सुधार गृहमा पुगेको थियो । तर, सुधार गृह भित्रबाट बालकहरूले ढुङ्गा मुढा गरेर प्रहरीलाई अबेर रातिसम्म पनि सुधार गृह भित्र छिर्न दिएनन् ।

त्यसै क्रममा ढुङ्गाले लागेर तीन जना प्रहरी पनि घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउन्ड अश्रु ग्याँस पनि प्रहार गरेको थियो । 

झडपमा भक्तपुरबाट ल्याइएका मध्ये १० समेत गरी ११ जना बालक र तिन जना प्रहरी घाइते भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...