Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

वीरगंज बाल सुधार गृह रातभरी तनावग्रस्त, एक दर्जन घाइते

spot_img
spot_img

वीरगंज । वीरगंजकाे बिर्तास्थित बाल सुधार गृहमा मंगलबार राति झडप हुँदा ३ प्रहरीसहित १२ जना घाइते भएका छन् । खानाकाे विषयलाई लिएर विवाद हुँदा झडपमा परिणत भएकाे थियाे ।

वीरगंज बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहाँ पहिलेदेखि बस्दै आएका बालकहरूबिच विवाद भई झडप हुँदा सुधार गृह रातभर तनावग्रस्त रह्यो ।

सुधार गृहमा मङ्गलवार रातिदेखि प्रदर्शन गरिरहेका बालकहरूले भने सुधार गृहमा आफूहरूलाई खाना राम्रो नदिएको, बासी खाना दिएकाे, घरमा फोन गर्दा एक कलको १ सय रुपैयाँ लिने गरिएको, एउटै कोठामा धेरै जनालाई कोचेर राखिएको, शौचालय पनि राम्रो नभएको, सुधार गृह प्रमुखले यातना दिँदै आएको जस्ता आरोप लगाएका छन् ।

उनीहरुले बाल अधिकारकाे हन्न भएकाे र बाल सुधार गृह प्रशासनबाट आफूहरुलाई याताना दिने काम भएकाे गम्भिर किसिमकाे आराेप समेत लगाएका हुन् । उग्र प्रदर्शन उत्रिएका उनिहरुलाई प्रहरीले शान्त भएर आफ्नाे कुरा राख्न भनिरहँदा प्रदर्शनरत बालबालिकाहरुले गुडु यादवलाई पहिला पक्राउ गरेर हथकडी लगाउन बारम्बार भनिरहेका थिए । 

उनीहरुका अनुसार गुडु यादव बाल सुधार गृहका पूर्व चाकीदार हुन् । केही समय पहिला उनी बाल सुधार गृहबाट रिहा भएका छन् । गुडुले आफुहरुमाथि बाल सुधार गृह प्रशासनसंग मिलेर ज्यादती गर्ने गरेकाे बालबालिकाहरुकाे आराेप छ । 

भक्तपुरबाट ल्याएर राखिएका बालकहरूले मङ्गलवार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरेर कुटपिट गरेपछि त्यही विषयमा यहाँ पहिलेदेखि रहेका र भक्तपुरबाट ल्याएर राखिएका बालकहरूबिच विवाद भई झडप भएको थियाे ।

त्यस क्रममा उनीहरूले सुधार गृहभित्र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो सङ्ख्यामा सुधार गृहमा पुगेको थियो । तर, सुधार गृह भित्रबाट बालकहरूले ढुङ्गा मुढा गरेर प्रहरीलाई अबेर रातिसम्म पनि सुधार गृह भित्र छिर्न दिएनन् । त्यसै क्रममा ढुङ्गाले लागेर तीन जना प्रहरी पनि घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउन्ड अश्रु ग्याँस पनि प्रहार गरेको थियो । 

झडपमा भक्तपुरबाट ल्याइएका मध्ये ८ समेत गरी ९ जना बालक र तिन जना प्रहरी घाइते भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । घाइते भएका सुधार गृहका ९ जना बालकलाई मङ्गलवार राति नारायणी अस्पतालमा उपचार गराई जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको उनले बताए ।

एक महिना पहिले भक्तपुरको बाल सुधार गृहबाट वीरगंज बाल सुधार गृहमा ल्याइएका १८ जना बालकहरु यहाँ नबस्ने आएदेखि नै विराेध जनाउँदै आएकाे बाल सुधार गृहका प्रमुख टिका कृष्ण काफलेले वताए । उनीहरुले नै विवाद गर्दा झडप भएकाे उनकाे भनाई छ । 

उनका अनुसार भक्तपुरको बाल सुधार गृहमा भदौ ४ गते १८ जना बालकहरूलाई वीरगंजकाे बाल सुधार गृहमा ल्याएर राखिएको थियो । यहाँ पहिलेदेखि १३१ जना बालक थिए । सुधार गृहमा अहिले कूल १४९ जना बालकहरू रहेका छन् । 

बुधवार बिहानसम्म पनि प्रहरीलाई  सुधार गृहभित्र भित्र रहेका बालकहरूले प्रवेश गर्न नदिएको उनले वताए ।

वीरगंजस्थित बाल सुधार गृहमा क्षमता भन्दा बढी बालबालिकाहरु राखिएका छन् । बाल सुधार गृह अवस्था पनि जिर्ण रहेकाे छ । पहिलादेखि नै बाल सुधार गृह वीरगंजमा क्षमता भन्दा बढी बालबालिकाहरु रहेतापनि भक्तपुर बाल सुधार गृहबाट थप ल्याएर राखिएपछि झन समस्या भएकाे बुझिएकाे छ ।

यस बिषयमा बुझ्न पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसंग फाेन सम्मपर्क गर्दा अहिले आफु एउटा मिटिङमा रहेकाे भन्दै उनले फाेन काटि दिएका कारण कुरा हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...