Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

जसपाका मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालकी मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको मंगलबार बिहान निधन भएको छ । 

समानुपातिक तर्फ सांसद रहेकी यादवको मंगलबार बिहान निधन भएको परिवारजनले जनाएका छन् । उनी लामो समयदेखि क्यान्सर रोगले ग्रसित थिइन् ।

४१ वर्षीय यादवले २०७२ सालको मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकी थिइन्  । यादवको स्थायी घर सर्लाही भए पनि उनी लामो समयदेखि जनकपुर-८ मा बस्दै आएकी थिइन् । यादव जसपाको केन्द्रीय सदस्य पनि थिइन् ।

यादवको निधनले जसपा र देशलाई अपूरणीय क्षति भएको जसपाका प्रमुख सचेतक एवम् पूर्व मन्त्री प्रदीप यादवले बताए । यादवको निधन प्रति दुःख व्यक्ति गर्दै उनले पार्टीले एक सच्चा, इमानदार र कर्मठ सिपाही गुमाएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...

प्रहरीको नाममा रकम मागेको आरोप, जीतपुरका व्यवसायी असन्तुष्ट

बारा । बाराको जीतपुर बजारमा इलाका प्रहरी कार्यालय (इप्रका) जीतपुरबाट परिचालित रहेको भनिएका सुनिल ठाकुरको गतिविधिलाई लिएर केही व्यवसायीले प्रश्न उठाएका छन्। व्यवसायीहरूले ठाकुरले...