Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वि.पि. जन्म जयन्तीको अवसरमा प्रवचन कार्यक्रम

spot_img
spot_img
 
वीरगंज । नेपाल कांग्रेस पर्साले महामानव वि.पि. कोइरालाको ११० औ जन्म जयन्तीको अवसरमा प्रवचन कार्यक्रम गरेकाे छ।
 
वीरगंजकाे ज्योति नगरमा रहेकाे पार्टी आइतबार भएकाे प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले वि.पि कोइरालाको जिवनी तथा उनका विचारहरुलाई आत्मसात गरि अगाडि बढ्नु पर्ने बताए ।
 
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका मन्त्री रिजाले महामानव वि.पि. कोइरालाले लोकतन्त्र स्थापना गर्नको लागि धेरै संघर्ष गरेकाे वताउँदै उनकाे बारेमा जानकार व्यक्तिहरुले आम जनतामा वताउँनु पर्ने वताए ।
 
नेपाली कांग्रेस‌ पर्साका सभापति तथा मधेश प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीको भएको कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, पर्साका उप-सभापति रामनारायण कुर्मी,अशाेक गुप्ता, नेपाली कांग्रेस पर्साका सचिव तथा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, सह-सचिव नबिन कुमार सिंह, प्रवक्ता रमेश पाण्डे लगायतकाले मन्तव्य राखेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...