Date
शनि, साउन ९, २०८३
Sat, July 25, 2026

ट्राफिक सुरक्षा नियम सम्बन्धी अभिमुखीकरण

spot_img
spot_img

वीरगंज । रोट्याक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसको आयोजनामा आइतबार पनि ट्राफिक सुरक्षा नियम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

परवानीपुरस्थित डिएभीआरभि केडिया स्कुलमा भएकाे कार्यक्रममा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएकाे क्लबका उपाध्यक्ष एवम् कार्यक्रम संयाेजक दिपु बर्णवालले वताए । कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरेर आयोजित अभिमुखीकरण कार्यक्रममा ट्राफिक सुरक्षा नियम, ट्राफिक नियम पालनाको महत्त्व र युवाहरूमा सुरक्षा नियमहरूको पालना र कार्यान्वयनमा विद्यार्थीहरूको भूमिका लगायतका विषयका बारेमा जानकारी गराइएकाे उनले वताए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका बरिष्ट प्रहरी नायब निरिक्षक गुनानिधि खकुरेलले विद्यार्थीहरूलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए । उनले ट्राफिक नियम पालना नगर्दा दुर्घटना हुन सक्ने भएकाेले ट्राफिक नियमकाे पालना गर्नु पर्नेमा जाेड दिए ।

विद्यार्थीमा ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउन कार्यक्रम आयोजना गरेकोमा स्कूलले आयोजकलाई धन्यवाद दिएको थियाे । कार्यक्रममा रोट्याक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष रेशु अग्रवाल, उपाध्यक्ष दिपु वर्णवाल, प्रगति ठाकुर, संस्थापक अध्यक्ष प्रकाश कर्ण लगायतको उपस्थिति रहेकाे थियो ।

यस अघि पनि राेट्याक्ट क्लबले वीरगंजस्थित माउन्ट मकालु स्कुलमा ट्राफिक सुरक्षा नियम सम्बन्धि कार्यक्रम गरेकाे थियाे । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कावासोतीमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतना प्रशिक्षण, प्रहरी–जनता साझेदारीमा जोड

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा कावासोती नगरपालिका–३ स्थित वडा कार्यालयको सभाहलमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रम...

कादम्बरी स्कुलकाे लापरवाहीले छाेरा घाइते भएकाे भन्दै अभिभावकको उजुरी

वीरगंज । कादम्बरी एकेडेमी, वीरगंजमा अध्ययनरत एक विद्यार्थी विद्यालय समयमै घाइते भएको घटनालाई लिएर उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । वीरगंज...

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, स्थानीयले घेरा हाली आरोपितलाई नियन्त्रणमा लिए

वीरगंज । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार धारिलो हतियार (खुकुरी) प्रहारबाट एक महिलाको हत्या भएको छ । मृतक स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी...