Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रोटर्याक्टकाे तीज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगंज । रोटर्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीकाे आयाेजनामा तीज मिलन तथा सम्मान कार्यक्रममा सम्पन्न भएकाे छ । क्लबका अध्यक्ष दिवाश खनालकाे अध्यक्षतामा एशियन होटल कालिकानगरमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।
 
उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा रही महत्वपूर्ण योगदान पुर्याएकी प्रभावशाली महिलाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा योगीकुटी प्रहरी बिटकी स्टेसन इन्चार्ज विमला विकले विगत २५ वर्षदेखि अनवरत रुपमा समाजमा शान्ति सुरक्षा कायम गर्न गरेको योगदानको उच्च कदर गर्दै उनलाई सुरक्षा विधामा सम्मान गरिएको थियो ।
 
 त्यसैगरी राष्ट्रिय गायिका दुर्गा नेपालले नेपाली लोकगीत संगीतलाई नयाँ उचाइमा लान पुर्याएको योगदानको कदर गर्दै उनलाई मनोरञ्जन विधामा सम्मान गरिएको थियो । कोहिनूर हेल्मेटकी प्रबन्ध निर्देशक सीमा बस्याललाई राष्ट्रिय अर्थतन्त्र तथा रोजगारी सिर्जनाको क्षेत्रमा ठूलो योगदान गरेकी भन्दै उनलाई उधमसिल्ता तर्फबाट सम्मान गरिएको थियो ।
 
साथै सामाजिक व्यक्ति मिनाक्षी न्यौपानेलाई सञ्चार तथा सामाजिक क्षेत्रमा पुर्याएकाे योगदानको उच्च कदर गर्दै उक्त विधामा उनलाई सम्मान गरिएको थियो ।
 
सामाजिक अभियन्ता तथा तिलोत्तमा टेलिभिजनकी सिइओ मिनेक्षी न्यौपाने प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा रोट्रयाक नेपालका डिआरआर (२०२४/२५) बिक्रम क्षेत्रीले रोट्रयाकको बारेमा प्रकाश पारेका थिए ।
 
कार्यक्रममा क्लवका अध्यक्ष दिवशले बोल्दै समाजमा रहेको लैङ्गिक विविधतालाई हटाई एउटा सुन्दर समाजनिर्माण गर्नको लागि गरेको एउटा स्यानो प्रयास रहेकाे वताए ।
 
कार्यक्रममा रोटर्याक्ट क्षेत्र ५ का विभिन्न क्लबका महिला अध्यक्षहरुको सहभागिता रहेको थियो । सम्मान कार्यक्रम सँगै त्यहाँ तिजको शुभकामना आदनप्रदान तथा दरखाने कार्यक्रम पनि सम्पन्न भएकाे कार्यक्रम संयोजक योगेश ज्ञवालीले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...