Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

विभिन्न कार्यक्रम गरि मधेश विश्वविद्यालयकाे प्रथम बार्षिकाेत्सव मनाइयाे

spot_img
spot_img

वीरगंज । मधेश विश्वविद्यालयले आफ्नाे प्रथम बार्षिकाेत्सवकाे अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेकाे छ ।

शुक्रबार वीरगंजस्थि विश्व विद्यालय परिसरमा आयाेजित बार्षिकाेत्सव समाराेहलाई सम्बाेधन गर्दै मधेस प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेश प्रसाद यादवले मधेस प्रदेशको शिक्षा प्रणाली जर्जर अवस्थामा पुगेको बताए ।

मधेस विश्वविद्यालयको सहकुलपतिसमेत रहेका यादवले जर्जर अवस्थामा रहेको मधेसको शिक्षा प्रणालीलाई सुधार गर्दै माथि उकास्न मधेस विश्वविद्यालयको भूमीका अहम हुने विश्वास आफुले लिएको बताए ।

उनले शिक्षा नै समाज निर्माणको मेरुदण्ड भएकाले शिक्षाको विकासलाई मधेस सरकारले मुख्य प्राथमिकता दिएकोपनि जनाए ।

मधेस प्रदेश सरकारसंग सिमित श्रोत साधन भएपनि सिमित श्रोतसाधनकै भरपुर उपयोग गरेर छोटो अवधीमै मधेस विश्वविद्यालय यो अवस्थामा आइपुग्नु गौरवको विषय भएको बताए ।

उनले अब मधेस प्रदेशको कुनैपनि व्याक्ति निरक्षर रहने उद्घोषपनि गरे । मन्त्री यादवले भने,‘ यदि हामीले निष्पक्ष रुपमा र सकरात्मक सोच राखेर काम गरयौ भने समाजको मुहार फेर्न सक्छौ । यो कुरा यस विश्वविद्यालयको प्रथम वार्षिक उत्सवलेपनि पुष्टि गरेको छ ।

मधेस विश्वविद्यालयका उपकुलपति डाक्टर दिपक शाक्यले स्थापनाको एकवर्षमै विश्वविद्यालयमा कक्षा सञ्चालनको अवस्थामा पुगेको जानकारी गराए । सुरुमा कानुन र जनप्रशासनको पठनपाठन सञ्चालन गर्न लागिएको उनले बताए ।

उनले भने,‘ अबको एक दुई हप्ताभित्रै कक्षा सञ्चालन गर्दैछौ । उनले अबको ५ वर्षभित्रमा मधेस विश्वविद्यालयलाई देशकै एउटा प्रतिष्ठीत र उत्कृष्ट विश्वविद्यालयका रुपमा स्थापित गर्ने उद्घोषपनि गरे ।

शाक्यको अध्यक्षता तथा मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई मधेस सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंहासन साह कलवार, वन तथा बाताबरण मन्त्री रमेश कुर्मी, मधेसका पूर्व मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सभा सदस्यद्वय श्याम पटेल, प्रमोद जयसवाल, प्राध्यापक डाक्टर उपेन्द्र कोइराला, प्राध्यापक डाक्टर युवराज संग्रौला लगायतलेपनि सम्बोधन गरेका थिए ।

यस अघि मधेस विश्व विद्यालयको बार्षिकाेत्सव कै उपलक्ष्यमा वृक्षारोपण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको थियाे । 

पर्साको बहुदरामाई – २ मा रहेको मता बहुदरामाईको मन्दिरमा वृक्षारोपणसँगै विशेष पूजाका साथ स्वास्थ्य शिविरको आयोजना गरिएकाे थियाे ।

मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यको सभापतित्व एवम् मधेस प्रदेशका वतन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बहुदरमाई मन्दिर प्राङ्गणमा विभिन्न प्रजातिको बोट बिरुवा रोपिनुका साथै स्थानीयहरूको नि:शुल्क रूपमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...