Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रोट्याक्टद्वारा छात्राहरुलाई महीनवारी सम्बन्धी अभिमुखीकरण

spot_img
spot_img

वीरगंज । रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसको आयोजनामा शुक्रवार महीनवारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंजस्थित श्री सुन्दरमल रामकुमार कन्या उच्च माद्यामिक विद्यालयमा भएकाे कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्राहरुलाई महीनवारी सम्बन्धि प्रशिक्षण दिइएको क्लबका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक दिपु बर्णवालले जानकारी दिए । कक्षा ८ र ९ का विद्यार्थीलाई लक्षित गरेर अभिमुखीकरणको आयोजना गरिएको उनले वताए ।

कार्यक्रममा नेशनल मेडिकल कलेजमा डा. सोनम दास, एमबिबिएस अन्तिम वर्षमा अध्यनरत संध्या आवले, दिकयी संगमे, प्रीति सुबेदि लगायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षणकाे क्रममा प्रशिक्षकहरुले महिनावारी सामान्य प्राकृतिक प्रक्रिया भएको हुँदा लाज मान्ने र लुकाउने प्रवृति अन्त्य गरी खुलेर कुरा गर्नुपर्ने बताए ।

कार्यक्रममा रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष रेशु अग्रवाल, उपाध्यक्ष दिपु वर्णवाल, राधिका दारुका, आभा मंडल लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...