Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बेचविखनकाे लागि भारत लग्दै गरिएकाे बालिकाका उद्धार, एक युवक पक्राउ

spot_img
spot_img

वीरगंज । मानव बेचबिखन विरुद्धको एकाइ क्षेत्रीय मुख्यालय रक्सौल (एसएसबी) ले एक नेपाली बालिकालाई उद्धार गरेकाे छ । 

बाराकाे देवताल गाउँपालिका निवासी एक १७ बर्षिय नाबालिगललाई प्रेम विवाहको बहानामा पटना लैजान खोज्दा देवताल गाउँपालिका कै पिपरपाती पचरवता निवासी २३ बर्षिय मोहम्मद वारिस अली नामका व्यक्तिलाई पक्राउ गरेर नेपाली प्रहरीलाई बुझाइएकाे भारतिय प्रहरीले जनाएकाे छ ।

भारतिय प्रहरीका अनुसार मानव बेचबिखन नियन्त्रण इकाईको टोलीले एक केटा र केटीलाई अटो छोडेको देखेपछि उनीहरूमाथि शंका लाग्यो । शंकाका कारण रोकिएपछि यो युवक लामो समयदेखि युवतीसँग फरार रहेको खुलासा भयो ।

छोरी कहाँ गइन् भनेर परिवारका सदस्य निकै चिन्तित थिए ? युवतीलाई एनजीओ किनेक्टा नेपाल वीरगंजले काउन्सिलिङ गर्दा फेसबुक र साथीमार्फत उक्त व्यक्तिले नेपाली नाबालिग युवतीसँग मित्रता बनाएर ह्वाट्सएपमा च्याट गर्न थालेको र तीन महिनामै युवतीलाई आफूसँगै लैजान तयार भएको खुलासा भएको थियो ।

मोहम्मद वारिस अलीलाई चिनिने एक संदिग्ध केटीको नाम पनि खुलासा भएको छ जसले एक नाबालिग केटीलाई लभ जिहादमा फसाउन मद्दत गरिरहेको भारतिय प्रहरीकाे भनाई छ । पीडित युवतीलाई यसअघि कहिल्यै भेट भएको थियो कि भनेर सोध्दा उनले पहिले मोबाइलबाट मात्र कुराकानी हुने गरेको बताइन् ।

कुराकानीको क्रममा केटाले आफूले चिनेकी एउटी महिलासँग पनि कुरा गरेको थियो, ती महिलाले मसँग राम्रोसँग कुरा गरिन् र उनी धेरै राम्रो केटा हो र उनीसँग प्रेम विवाह गर्न पाउँदा म धेरै खुसी हुने बताइन् । केटालाई सोधपुछ गर्दा केटाले तीन चार दिन बोकेर हिडेको बताए । बिहे गर्ने सोच थिएन ।

युवतीका परिवारसँग कुरा गर्दा केटी एक केटासँग पटना (भारत) जाँदै गरेको जानकारी थिएन । बालिकाका परिवारले आफ्नी छोरीलाई जान नदिन आग्रह गरेकाे थियाे । भारतिय प्रहरीले मोहम्मद वारिस अली र केटीलाई बिहिबार इनरवा प्रहरी चाैकी वीरगंजलाई बुझाइएको हाे ।

उक्त उद्धार कार्यमा मानव बेचबिखन नियन्त्रण इकाईको इलाका मुख्यालय बेतिया कार्यालय ४७ औं कोर एस.सी.बी. रक्सौलका इन्स्पेक्टर मनोज कुमार शर्मा, सब इन्स्पेक्टर नेहा सिंह, असिस्टेन्ट सब इन्स्पेक्टर अनिल कुमार शर्मा, प्रमुख हवल्दार अरविन्द द्विवेदी एन.जी.ओ. नेपालका प्रतिनिधिहरु सहभागि थिए ।

पक्राउ परेका महम्मद वारिस अलीलाई जिल्ला प्रहरी कार्यालय पर्साकाे हिरासतमा राखिएकाे छ । पिडित पक्षलाई जिल्लामा वाेलाउँदा नआएकाे र जाहेरी समेत नआएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथाेकीले वताए ।

नाबालिक किशोरीलाई भगाएर भारत लैजान लागेका युवकका परिवारको धम्कीले गर्दा किशोरीका परिवारले जाहेरी नदिएको बताइएको छ । पक्राउ परेका युवकको आफन्तले नाबालिक छोरीको चरित्र हत्या गर्ने, विवाह हुन नदिने, ज्यान मार्ने जस्ता धम्की दिएको कारण जाहेरी दिन पीडित परिवार आनाकानी गरि रहेको बताइएको छ ।

दिनहुँ माया प्रेमको विषयमा नाबालिक किशोरी, बालिक किशोरी जस्ता महिलाहरुको हत्या भइरहेको घटनाले पनि पीडकहरुको मनोबल उच्च हुँदै गएको छ । सामाजिक सञ्जाल मार्फत माया प्रेमको जालोमा फसाई भारतीय सहरमा लगेर बेचबिखन गर्ने यिनीहरुको परम्परा नै भइसकेको छ । र यस बेचबिखन कार्यमा अधिकाँश मुस्लिम समुदायका युवकहरु रहेको पाइएको छ । मानव बेचबिखन विरुद्धको एकाईको तथ्याँक अनुसार बालबालिका, किशोरी एवं महिलाहरुको बेचिबिखन कार्यमा संलग्न युवाहरुमध्ये ८५ प्रतिशत मुस्लिम समुदायका रहने गरेको पाइएको छ ।

चेलिबेटी बेचबिखन : एक वर्षमा ५५ चेलीको उद्दार

मधेशका जिल्लाहरू मानव बेचबिखनका लागि जोखिमयुक्त देखिएका छन् । खुल्ला सीमानाका कारण यी जिल्लाको बाटो हुँदै मानव बेचविखन हुने गरेको हो । विकट पहाडी क्षेत्र र ग्रामीण भेगका महिला तथा बालबालिका बढी जोखिममा पर्ने गरेका छन् । खुल्ला सिमा भएका कारण नेपालमा बालिका, किशोरी, महिलालाई विभिन्न प्रलोभन देखाई भारतमा लगेर बेचबिखन गर्ने गरिएको छ । त्यस्तै दलालहरुले बेरोजगारीमा परेकाहरुलाई रोजगारी दिने, एकल महिलालाई प्रलोभनमा पार्ने गरेका छन् ।

यस्ता प्रलोभनमा पार्ने दलालहरु नेपालका विभिन्न स्थानमा डेरा जमाएर बस्ने तथा यसमा भारतिय नागरिकहरु समेत विशेष रुपमा सक्रिय रहेका छन् । भारतमा राम्रो जागिर लगाई दिने वा भारत भई तेस्रो मुलुकमा पठाई दिने, मिठो राम्रो खान लाउन दिने लगायतका पनि प्रलोभन दलालहरुले बालिका, महिला र किशोरीहरुलाई दिने गरेका छन् । खुल्ला सिमा भएका कारणले जुनसुकै नाका प्रयोग गरेर पनि दलालहरु मानव तस्करी गरि सहजै भारत पुर्‍याउने गरेको मानव बेचबिखन तथा तस्करी विरुद्धको कार्य गर्दै आएको सामाजिक सस्थां साना हात नेपाल वीरगंजका अध्यक्ष बाबुराम क्षेत्रीले जानकारी दिए । उनले यसरी मानव बेचबिखनमा परेकाहरुले भारत अथवा तेश्रो मुलुकमा गई विभिन्न दुखहरु भोग्नु परेको बताए ।

विशेष गरि सामाजिक सञ्जालबाट झुटो प्रेम सम्बन्ध कायम गरि विवाह गर्ने आश्वासन देखाई भारत तथा तेस्रो मुलुकमा उनीहरुलाई बेच्ने गरेको क्षेत्रीले बताए । त्यस्तै उनका अनुसार घुम्न लैजाने, जागिर लगाइदिने जस्ता कारणहरुबाट पनि मानव बेचबिखनको जोखिम बढेको छ । गत आर्थिक वर्ष ०७९/०८० मा वीरगंज नाकाबाटै ५५ जनाको मानव बेचबिखनको जोखिमबाट उद्दार गरिएको छ । उद्दार गरिएकाहरुमध्ये ९ जना बालिका, १९ किशोरी र २७ जना युवती रहेको अध्यक्ष क्षेत्रीको भनाइ छ । मानव बेचबिखनको जोखिमबाट उद्दार गरिएकाहरुमा बारा, सर्लाहीका साथसाथै देशका विभिन्न क्षेत्रहरु गरि २९ वटा जिल्लाका रहेका साना हात नेपालले उपलब्ध गराएको तथ्याङकमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...