Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

राेट्याक्टकाे आयाेजनामा ट्राफिक सुरक्षा सम्बन्धी अभिमुखीकरण

spot_img
spot_img

वीरगंज । रोट्याक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसको आयोजनामा बिहिबार ट्राफिक सुरक्षा नियम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।  

वीरगंजस्थित माउन्ट मकालूमा इंगलिश बाेर्डिङ्ग स्कुलमा भएकाे कार्यक्रममा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएकाे क्लबका उपाध्यक्ष एवम् कार्यक्रम संयाेजक दिपु बर्णवालले वताए । 

कक्षा ७, ८ र ९ का विद्यार्थीलाई लक्षित गरेर आयोजित अभिमुखीकरण कार्यक्रममा ट्राफिक सुरक्षा नियम, ट्राफिक नियम पालनाको महत्त्व र युवाहरूमा सुरक्षा नियमहरूको पालना र कार्यान्वयनमा विद्यार्थीहरूको भूमिकालगायतका विषयका बारेमा जानकारी गराइएकाे थियाे ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भास्कर खतिवडा विद्यार्थीहरूलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए । उनले ट्राफिक नियम पालना नगर्दा दुर्घटना हुन सक्ने भएकाेले ट्राफिक नियमकाे पालना गर्नु पर्नेमा जाेड दिए ।

विद्यार्थीमा ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउन कार्यक्रम आयोजना गरेकोमा स्कूलले आयोजकलाई धन्यवाद दिएको थियाे ।

कार्यक्रममा रोट्याक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष रेशु अग्रवाल, उपाध्यक्ष दिपु वर्णवाल, राधिका दारुका र स्कूलका संयोजक विजय कुमार बल लगायतको उपस्थिति रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...