Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण, दाेषीमाथि कडा कारबाहीकाे माग

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा बुधबार आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

घाइते यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीमाथि खुकुरी हानेको आरोपमा नुवाकोटको विदुर नगरपालिका टुप्चे घर भई बालाजुको पैँयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

कार्यक्रममा सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन् । पक्राउ परेका सापकोटले आफूलाई अभियान्ता भन्ने गरेका छन् ।

रिपोटर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकारले चालेको कदमको विरोधमा धारणा राखेका थिए । 

नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कारवाही गर्न माग गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको र आक्रमण गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको हो ।

‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...