Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

वीरगंजमा धुमधामकाे साथ मनाइयाे कृष्ण जन्माष्टमी

spot_img
spot_img

वीरगंज । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व बुधबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् ।

श्रीकृष्ण जन्माष्टमी पर्बको अवसरमा वीरगंज १० स्थित गीता मन्दिरमापनि बुधबार बिहानैदेखि भक्तजनहरुको घुंइचो लागेको थियाे । मन्दिरमा पूजापाठ र दर्शन गर्न भक्तजनहरु बिहानैदेखि मन्दिरमा पुगेका थिए । मन्दिर परिसर बाहिर मेलापनि लागेको थियाे ।

यसैगरी राष्ट्र सेविका नेपालले श्री कृष्ण जन्माष्टमी उत्सव कार्यक्रम आयाेजना गरेकाे थियाे । जन्माष्टमीकाे अवसरमा वीरगंजकाे माइस्थानमा आयाेजित कार्यक्रममा बालबालिकाहरु श्रीकृष्ण र राधाकाे पहिरनमा सहभागि भएकाे थियाे ।

यसैगरी पर्सा जिल्लाका अन्य स्थानमा रहेका सम्पूर्ण कृष्ण मन्दिरहरूमा पनि भक्तजनको भीड लागेकाे थियाे । देशका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ ।

धेरै जसाे ठाउँमा कृष्ण अष्टमीदेखि ६ दिन सम्म भजन कृतनकाे साथै सांस्कृतिक कार्यक्रम समेत हुने गरेकाे छ । कृष्णा जन्माष्टमीकाे अवसरमा विभिन्न विद्यालयहरुले पनि सांस्कृतिक कार्यक्रम आयाेजना गरेका थिए ।

ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले अष्टमीकाे दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोह रात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखर विन्दुबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पूतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।  

कृष्ण जन्माष्टमी पर्वकाे अवसरमा सरकारले बुधबार देशभर सार्वजनिक बिदा समेत दिएको थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला...

पर्सामा शान्ति र सद्भाव कायम राख्न प्रशासनको पहल, सर्वदलीय बैठकबाट चार निर्णय

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा शुक्रबार सम्पन्न सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्न चारबुँदे निर्णय गरेको छ...