Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

मधेश विश्वविद्यालयले प्रथम वार्षिकोत्सव मनाउने

spot_img
spot_img

वीरगंज । मधेश विश्वविद्यालयले विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाउने भएको छ । यही भदौ २२ गते मधेश विश्वविद्यालयले वार्षिकोत्सवकै अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री एवम् मधेश विश्वविद्यालयका कुलपति सरोज कुमार यादवको प्रमुख आथित्यतामा प्रथम वार्षिकोत्सव समारोह हुने विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले जानकारी दिए । 

उनका अनुसार भदौ २२ गते शुक्रवार बिहान साढे ७ बजेदेखि साढे ८ बजेसम्म बहदुरमाई नगरपालिका वडा नम्बर २ स्थित विश्वविद्यालयको जग्गामा वृक्षरोपण गरिनेछ । त्यस्तै साढे ८ बजेदेखि सवा ९ बजेसम्म बिहान बहुदरमाईमै खाजा खुवाएर साढे ९ बजेदेखि साढे १२ बजेसम्म बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको शाक्यले जानकारी दिए । 

बहुदरमाई मन्दिर परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी बिशिष्ट स्वास्थ्य चिकित्सकहरुको उपस्थितीमा स्थानीयको चेकजाँच गरिनेछ । साढे १२ बजेदेखि पौने २ बजेसम्म मधेश विश्वविद्यालय परिसरमा दीवा खाना खुवाएर २ बजेदेखि वार्षिकोत्सव समारोह सुरु हुने विश्वविद्यालयका रजिष्टार विजय यादवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...