Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

मधेश विश्वविद्यालयले प्रथम वार्षिकोत्सव मनाउने

spot_img
spot_img

वीरगंज । मधेश विश्वविद्यालयले विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाउने भएको छ । यही भदौ २२ गते मधेश विश्वविद्यालयले वार्षिकोत्सवकै अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री एवम् मधेश विश्वविद्यालयका कुलपति सरोज कुमार यादवको प्रमुख आथित्यतामा प्रथम वार्षिकोत्सव समारोह हुने विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले जानकारी दिए । 

उनका अनुसार भदौ २२ गते शुक्रवार बिहान साढे ७ बजेदेखि साढे ८ बजेसम्म बहदुरमाई नगरपालिका वडा नम्बर २ स्थित विश्वविद्यालयको जग्गामा वृक्षरोपण गरिनेछ । त्यस्तै साढे ८ बजेदेखि सवा ९ बजेसम्म बिहान बहुदरमाईमै खाजा खुवाएर साढे ९ बजेदेखि साढे १२ बजेसम्म बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको शाक्यले जानकारी दिए । 

बहुदरमाई मन्दिर परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी बिशिष्ट स्वास्थ्य चिकित्सकहरुको उपस्थितीमा स्थानीयको चेकजाँच गरिनेछ । साढे १२ बजेदेखि पौने २ बजेसम्म मधेश विश्वविद्यालय परिसरमा दीवा खाना खुवाएर २ बजेदेखि वार्षिकोत्सव समारोह सुरु हुने विश्वविद्यालयका रजिष्टार विजय यादवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...