Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

बारामा नेवि संघको समानान्तर कमिटी गठन

spot_img
spot_img

वीरगंज । बारामा नेपाल विद्यार्थी (नेवि) संघको समानान्तर कमिटी गठन भएकाे छ । नेपाली कांग्रेस निकट नेवि संघकाे स‌ंस्थापन इतर पक्षले बारामा समानान्तर कमिटी गठन गरेको हाे ।

जिल्लाको सदरमुकाम कलैयास्थित बृहत् विधार्थी भेलाबाट समानान्तर जिल्ला अध्यक्षमा  प्रविण सिंह राउतलाई चयन गरिएको छ ।

साे भेलामा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्ट, मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने नेविसंघका केन्द्रीय सदस्यहरू हरिओम शाह, कमलेश पटेल, राजकिशोर शाह, विकेस पटेल, पुष्पेन्द्र गोइत, मुनराज तिवारी लगायतको उपस्थितिमा रहेकाे थियाे ।

मंगलबार मात्रै नेविसंघका अध्यक्ष दोजाङ शेर्पाले बारा जिल्लामा समीर चौधरिको नाममा पत्र काटेर अध्यक्षको जिम्मेवारी दिएका थिए । नेपाली कांग्रेस जिल्ला सभापतिले गरेको सिफारिस विपरीत अध्यक्ष शेर्पाले मापदण्ड र संगठनको विधिविधानलाई कुल्चेर पत्र काटेको आरोप लगाउदै इतर समूहका विधार्थी नेताहरूले विरोध जनाएका थिए ।

शेर्पाले पठाएको पत्र बाहिरिएपछि इतर केन्द्रीय सदस्यहरूले सामानान्तर समिति गठन गर्न निर्देशनसहितका धारणा राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...