Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

पानीटंकीका दुई कलेजमा पनि शिलबन्दी, एक माविमा ७ विद्यार्थी मात्र भेटिए

spot_img
spot_img

वीरगंज । वीरगंजकाे पानीटंकीमा अनाधिकृत रुपमा संचालनमा रहेका शैक्षिक संस्थाहरुमा पनि महानगरपालिकाले शिलबन्दी गरेकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ स्थित पानीटंकीकाे गल्लीमा मापदण्ड विपरित संचालनमा रहेकाे दुई शैक्षिक संस्थामा महानगरपालिकाले शिलबन्दी गरेकाे हाे । 

याे गल्लीमा विना भाैतिक संरचनाकाे मापदण्ड विपरित चार वटा प्लस टुहरु संचालनमा थियाे । जस मध्ये महानगरपालिकाले मंगलबार युनिभर्सल प्लस टु कलेज र प्रिन्सटन मोडेल एकेडेमीमा सिलबन्दी गरेको हो ।

महानगरअन्तर्गतको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव नेतृत्वको टोलीले दुबै कलेजमा शिलबन्दी गरेकाे महानगरका मेयर राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए ।

त्यसैगरी त्यही गलीमा संचालनमा रहेकाे डिसमल प्लस टुले सबै नियम पक्रियाहरु पुरा गरेकाे अनुगमन समितिले जनाएकाे छ । याे प्यलस टु डिसमल कलेजकाे नामले परिचित रहेकाे छ । 

एउटै गलीमा चार वटा प्लस टुहरु संचालमा रहेपनि मापदण्ड अनुसार कसैकाे भाैतिक संरचनाहरु प्रयाप्त रहेकाे छैन । सबैले माध्यमिक तहकाे अनुमति लिएर कक्षा ११ र १२ संचालन गरेपनि कलेजकाे नामले प्रचार गर्दै आएका छन् । जुन नियम विपरित छ ।

कक्षा १२ सम्म माध्यमिक तह अन्तर्गत नै परेपनि सबैले माध्यमिक विद्यालय अथवा प्लस टु नभनेर विद्यार्थी आकर्षण गर्न कलेज भन्दै र प्रचार गर्दै आएका छन् । यी शैक्षिक संस्थाहरुकाे कक्षा १ देखि १० सम्म अरु ठाउँमा संचालनमा रहेका छन् भने पानीटंकीमा कक्षा ११ र १२ मात्र संचालनमा रहेकाे छ । जुन पनि नियम विपरित छ । 

अनुमति नलिई र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थालाई सिल गर्ने अभियान नै महानगरले चलाएकाे नियम समितिका संयाेजक यादवले वताए ।  

वीरगंज – १५ मा रहेको युनिभर्सल सेकेण्डरी स्कूलले कक्षा ११ र १२ सञ्चालन गर्न लिएको अनुमतिलाई दुरुपयोग गर्दै नियम विपरीत वीरगंज ८ पानीटंकीमा युनिभर्सल प्लस टु कलेज चलाएको पाएपछि अनुगमन गर्न पुगेको टोलीले सिलबन्दी गरेको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले बताए ।

यादवका अनुसार कक्षा ११ र १२ सञ्चालन गर्न अनुमति लिएको शैक्षिक संस्थाले नाम परिवर्तन गरेर कलेज लेख्न पाइँदैन । यद्यपि युनिभर्सलले सो विपरीत कलेज लेखेको पाएपछि सिल गरिएको उनको भनाई छ ।

अनुगमन समितिले वीरगंज- ८ पानीटंकी स्थित नै रहेको प्रिन्सटन मोडेल एकेडेमीलाई पनि सिल गरेको उनले वताए । प्रिन्सटनले कक्षा ११ र १२ सञ्चालनका लागि अनुमति नै नलिएर पठनपाठन गराइरहेको पाएपछि सिल गरिएको संयाेजक यादवले जानकारी दिए ।

वीरगंज सेन्ट्रल स्कूलको नाममा कक्षा सञ्चालन गर्न अनुमति लिने प्रक्रिया मै रहेको समयमा छुट्टै नाम राखेर विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन समेत गरिरहेको भेटिएको उनले बताए ।

अनुगमन टोलीले वीरगंज सेन्ट्रल स्कूल पनि मापदण्ड अनुसार सञ्चालनमा नरहेको भेटेको थियो । स्कुलका प्रिन्सपल इन्जिनियर बिनाेद प्रसाद यादवले यहाँ कुनै पनि कलेज संचालनमा नरहेकाे मात्र वीरगंज सेन्ट्रल स्कुल संचालनमा रहेकाे वताएपनि स्कुल पनि मापदण्ड अनुसार संचालनमा नरहेकाे भेटिएकाे थियाे ।

प्रिन्सपल यादवले कक्षा १० सम्म अनुमति लिएर संचालन गरेकाे र प्लस टु संचालनकाे लागि अनुमति लिने परक्रियामा रहेकाे वताए पनि स्कूलमा एउटा कक्षा कोठा भित्र जम्मा सात जना विद्यार्थी अध्ययन गरिरहेको मात्र भेटिएका थिए ।

अनुगमन समिति पानीटंकीमा आएकाे कलेजका संचालकहरु थाहा पाएपछि स्कुल भित्र लगाइएकाे बाेर्डमा प्रिन्सटन माेडल एकेडमी लेखिएकाे नाम छाेपेका थिए । बाहिर रहेकाे प्रिन्सटन कलेजकाे बाेर्ड बारे आफुलाई थाहा नभएकाे स्कुलका प्रिन्सपल यादवले वताएका थिए । 

अनुगमन समिति गइसकेपछि स्कुल बाहिर रहेकाे प्रिन्सटन कलेजकाे बाेर्ड हटाइएकाे थियाे ।  

यसअघि महानगरले सोमबार वीरगंज – १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा सञ्चालनमा रहेको अन्नपूर्ण कलेज, वीरगंज – ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको थियो ।

त्यसै गरी महानगरले गत बुधवार वीरगंज – ११ स्थित इम्पेरियल कलेज र वीरगंज – १३ स्थित वीरगंज स्कूल अफ लमा पनि सिलबन्दी गरेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...