Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

पानीटंकीका दुई कलेजमा पनि शिलबन्दी, एक माविमा ७ विद्यार्थी मात्र भेटिए

spot_img
spot_img

वीरगंज । वीरगंजकाे पानीटंकीमा अनाधिकृत रुपमा संचालनमा रहेका शैक्षिक संस्थाहरुमा पनि महानगरपालिकाले शिलबन्दी गरेकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ स्थित पानीटंकीकाे गल्लीमा मापदण्ड विपरित संचालनमा रहेकाे दुई शैक्षिक संस्थामा महानगरपालिकाले शिलबन्दी गरेकाे हाे । 

याे गल्लीमा विना भाैतिक संरचनाकाे मापदण्ड विपरित चार वटा प्लस टुहरु संचालनमा थियाे । जस मध्ये महानगरपालिकाले मंगलबार युनिभर्सल प्लस टु कलेज र प्रिन्सटन मोडेल एकेडेमीमा सिलबन्दी गरेको हो ।

महानगरअन्तर्गतको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव नेतृत्वको टोलीले दुबै कलेजमा शिलबन्दी गरेकाे महानगरका मेयर राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए ।

त्यसैगरी त्यही गलीमा संचालनमा रहेकाे डिसमल प्लस टुले सबै नियम पक्रियाहरु पुरा गरेकाे अनुगमन समितिले जनाएकाे छ । याे प्यलस टु डिसमल कलेजकाे नामले परिचित रहेकाे छ । 

एउटै गलीमा चार वटा प्लस टुहरु संचालमा रहेपनि मापदण्ड अनुसार कसैकाे भाैतिक संरचनाहरु प्रयाप्त रहेकाे छैन । सबैले माध्यमिक तहकाे अनुमति लिएर कक्षा ११ र १२ संचालन गरेपनि कलेजकाे नामले प्रचार गर्दै आएका छन् । जुन नियम विपरित छ ।

कक्षा १२ सम्म माध्यमिक तह अन्तर्गत नै परेपनि सबैले माध्यमिक विद्यालय अथवा प्लस टु नभनेर विद्यार्थी आकर्षण गर्न कलेज भन्दै र प्रचार गर्दै आएका छन् । यी शैक्षिक संस्थाहरुकाे कक्षा १ देखि १० सम्म अरु ठाउँमा संचालनमा रहेका छन् भने पानीटंकीमा कक्षा ११ र १२ मात्र संचालनमा रहेकाे छ । जुन पनि नियम विपरित छ । 

अनुमति नलिई र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थालाई सिल गर्ने अभियान नै महानगरले चलाएकाे नियम समितिका संयाेजक यादवले वताए ।  

वीरगंज – १५ मा रहेको युनिभर्सल सेकेण्डरी स्कूलले कक्षा ११ र १२ सञ्चालन गर्न लिएको अनुमतिलाई दुरुपयोग गर्दै नियम विपरीत वीरगंज ८ पानीटंकीमा युनिभर्सल प्लस टु कलेज चलाएको पाएपछि अनुगमन गर्न पुगेको टोलीले सिलबन्दी गरेको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले बताए ।

यादवका अनुसार कक्षा ११ र १२ सञ्चालन गर्न अनुमति लिएको शैक्षिक संस्थाले नाम परिवर्तन गरेर कलेज लेख्न पाइँदैन । यद्यपि युनिभर्सलले सो विपरीत कलेज लेखेको पाएपछि सिल गरिएको उनको भनाई छ ।

अनुगमन समितिले वीरगंज- ८ पानीटंकी स्थित नै रहेको प्रिन्सटन मोडेल एकेडेमीलाई पनि सिल गरेको उनले वताए । प्रिन्सटनले कक्षा ११ र १२ सञ्चालनका लागि अनुमति नै नलिएर पठनपाठन गराइरहेको पाएपछि सिल गरिएको संयाेजक यादवले जानकारी दिए ।

वीरगंज सेन्ट्रल स्कूलको नाममा कक्षा सञ्चालन गर्न अनुमति लिने प्रक्रिया मै रहेको समयमा छुट्टै नाम राखेर विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन समेत गरिरहेको भेटिएको उनले बताए ।

अनुगमन टोलीले वीरगंज सेन्ट्रल स्कूल पनि मापदण्ड अनुसार सञ्चालनमा नरहेको भेटेको थियो । स्कुलका प्रिन्सपल इन्जिनियर बिनाेद प्रसाद यादवले यहाँ कुनै पनि कलेज संचालनमा नरहेकाे मात्र वीरगंज सेन्ट्रल स्कुल संचालनमा रहेकाे वताएपनि स्कुल पनि मापदण्ड अनुसार संचालनमा नरहेकाे भेटिएकाे थियाे ।

प्रिन्सपल यादवले कक्षा १० सम्म अनुमति लिएर संचालन गरेकाे र प्लस टु संचालनकाे लागि अनुमति लिने परक्रियामा रहेकाे वताए पनि स्कूलमा एउटा कक्षा कोठा भित्र जम्मा सात जना विद्यार्थी अध्ययन गरिरहेको मात्र भेटिएका थिए ।

अनुगमन समिति पानीटंकीमा आएकाे कलेजका संचालकहरु थाहा पाएपछि स्कुल भित्र लगाइएकाे बाेर्डमा प्रिन्सटन माेडल एकेडमी लेखिएकाे नाम छाेपेका थिए । बाहिर रहेकाे प्रिन्सटन कलेजकाे बाेर्ड बारे आफुलाई थाहा नभएकाे स्कुलका प्रिन्सपल यादवले वताएका थिए । 

अनुगमन समिति गइसकेपछि स्कुल बाहिर रहेकाे प्रिन्सटन कलेजकाे बाेर्ड हटाइएकाे थियाे ।  

यसअघि महानगरले सोमबार वीरगंज – १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा सञ्चालनमा रहेको अन्नपूर्ण कलेज, वीरगंज – ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको थियो ।

त्यसै गरी महानगरले गत बुधवार वीरगंज – ११ स्थित इम्पेरियल कलेज र वीरगंज – १३ स्थित वीरगंज स्कूल अफ लमा पनि सिलबन्दी गरेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...