Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजलाई आर्थिक रुपमा सबल बनाउनु पर्छ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक नगरीको रुपमा परिचित वीरगंजलाई आर्थिक रुपमा सबल बनाउनका लागि महानगरले काम गरीरहेको महानगर प्रमुख सिंहको भनाई छ ।

मंगलवार भारत गुजरातको क्लस्टर पल्स इकोनोमिक डेभलपमेन्टका संस्थापक एवम् अध्यक्ष डा. जगत शाहसँगको भेटवार्ताका क्रममा उनले आर्थिक क्षेत्रको सुधार बिना अन्य क्षेत्रमा विकास गर्न नसकिने धारणा राखे । औद्योगिक एवम् आर्थिक नगरी वीरगंजमा डा. शाहलाई स्वागत गर्दै उनले समृद्धि र विकासका लागि आर्थिक, भौतिक एवम् नीतिगत सहयोग र सहकार्यका लागि महानगर तयार रहेको बताए ।

डा. शाहले पनि भारतको तर्फबाट दीगो उपलब्धी हुने खालका योजनामा लगानी गर्न तयार रहेको बताउँदै त्यसको लागि वातावरण निर्माण गर्न आग्रह गरे । नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्ध रहेको स्मरण गर्दै उनले भारतीय लगानी ल्याउने वातावरण बनाउनुपर्ने आवश्यक्ता औल्याए ।

सो अवसरमा वीरगंज महानगरपालिकाका आर्थिक सल्लाहकार एवम् नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, वरिष्ठ पत्रकार एवं विश्लेषक चन्द्रकिशोर झा, भारतीय दुतावास वीरगंजका प्रतिनीधि लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...