Date
आइत, असार २१, २०८३
Sun, July 5, 2026

जसपा पर्साको बिस्तारित बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साको बिस्तारित बैठक साेमबार वीरगंजमा सप्पन्न भएको छ । जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवकाे अध्यक्षता र मधेस प्रदेशको निबर्तमान मुख्यमन्त्री लालबाबु राउतको प्रमुख अतिथ्यमा भएको बैठक सम्पन्न भएकाे हाे ।

बैठकलाई सम्बाेधन गर्दै प्रमुख अतिथी राउतले पार्टीको संगठन निर्माणको विकल्प अरुकेही नभएको बताए । उनले अहिले केही संघीयता बिरोधी तत्वले गौर घटनालाई मलजल गरेको प्रती पार्टी गम्भीर भएको वताए । साथै संघीयतामा प्रहार भइरहेको पनि बताउँदै उनले त्यसैले आमनेता कार्यकर्ता यसप्रति गम्भीर भएर लाग्नु पर्ने धारण राखे ।

कार्यक्रममा जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले सरकारले १७ बर्ष पहिले भएको गैर घट्नालाई लिएर पीडितहरुसङ्ग गरेको सम्झौता प्रती आक्रोश व्यक्त गरे ।

वीरगंजकाे रानिघाटस्थित बिन्दवासिनी हाेटल तथा पार्टी प्यालेसमा भएकाे बैठकमा राजनीति समिति सदस्यद्व्य बालकिशोर यादव, सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रिय सदस्यहरु फिरोज मन्सुर, रेखा साह, केन्द्रिय सल्लाहकार बिरेन्द्र यादव, खलिल मियाँ, मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, सुशील कुमार यादव पार्टी संगठन निर्माण र गैर हत्याकान्ड बारे कार्यकर्ताहरुलाइ आफ्नो बिचार व्यक्त गरेका थिए ।

बैठकमा जिल्ला इन्चार्ज अवधभुषण यादव, सह इन्चार्ज दिपक यादव, प्रदेश सदस्य एवम् धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान, प्रदेश सदस्य महाराज यादव, अरसद कमाल, प्रदेश परिषद सदस्य बिरेन्द्र यादव, अशोक यादव, उपाध्यक्ष नागेन्द्र यादव, कार्यकारीणि सदस्य श्यामबाबु चौरासीया, पालिका अध्यक्षहरु प्रदीप जयसवाल, इग्रासन सा कलवार, शेख खुर्सेद, रमेश साह, ओम श्रेष्ठ, समाजवादी मुस्लिम संघ केन्द्रिय अध्यक्ष मैलाना नुरुलहोदा, समाजवादी मुस्लिम संघ जिल्ला अध्यक्ष सलिम अन्सारी, समाजवादी दलित महासघका जिल्ला अध्यक्ष नरेन्द्र हजरा, समाजवादी मुस्लिम संघ जिल्ला अध्यक्ष एजाज बाबू रान्की लगायतले उपस्थिती रहेकाे थियाे ।

जसपा नेपालका क्षेत्रीय अध्यक्षहरु घनश्यामबाबू गुप्ता, कामेश्वर पण्डित, रामपुकार यादव, प्रदेश अध्यक्ष पवन सिंह, भिखर चौधरी, उपेन्द्र यादव, जनता समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्षहरु रितेश गुप्ता, सन्जय पटेल, जय नारायण पटेल, अच्छेलाल महतो, कार्यपालिका सदस्य रामरेखा सिंह, हरिॐम गुप्ता लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टी उपाध्यक्ष अजय चौरासीयाले स्वागत मन्त्ब्य राखेका थिए भने कार्यक्रम सहजीकरण जिल्ला सचीव तबरेज अहमदले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित भएका छन् । वीरगंज महानगर समितिका सभापति दीपराज पटेलले उनलाई महानगर कार्यसमितिको...

ई–स्कुटर आगलागी प्रकरण : प्रशासनले बाेलाउँदा पनि आएन कुशवाहा मोटर्स

वीरगंज । कुशवाहा मोटर्स वीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनसमेत बेवास्ता गरेको आरोप लागेको छ । केही दिनअघि कुशवाहा मोटर्सबाट खरिद गरिएको एउटा ई–स्कुटरमा...

वीरगंज–३ मा रक्तदान कार्यक्रम, एक महिलासहित २२ जनाले गरे रक्तदान

वीरगंज । अत्यधिक गर्मीका कारण अस्पतालहरूमा रगतको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका–३ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वडा नं....