Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजमा अब मेट्रिक प्रणालीमा आधारित घर नम्बर

spot_img
spot_img

वीरगंज । वीरगंज नगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जिआईएस बेस्ड हाउस नम्बरिङ) थालनी गर्न सुरुवात गरेको छ । बढ्दो शहरीकरणसँगै घर संख्या बढ्दै गएकाले नगरवासीका घर सहजै पहिचान गर्न सकियोस भन्ने उद्देश्यले मेट्रिक ठेगाना प्रणालीको सुरुवात गरिएको हो ।

नगरपालिकालाई व्यवस्थित र स्मार्ट नगरका रुपमा विकास गर्न यो प्रणालीले टेवा पु¥याउने महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

महानगरको आरयूडीपी प्रोजेक्ट अन्तर्गत एडीवीको सहयोगमा यो प्रणाली सुरु गर्न लागिएको हो । गणकहरुले आवश्यक तथ्याङक संकलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउने गर्छन् ।

वीरगंज महानगरपालिकाको वडा नम्बर–१० आदर्शनगरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंक रहेको भवनमा महानगर प्रमुख सिंहले नम्बर प्लेट टाँस गरी मेट्रिक ठेगाना प्रणाली उद्घाटन गरेका हुन् ।

आदर्शनगर चोकदेखि ठाकुरराम क्याम्पस सम्मको सडकलाई पशुपति घोष मार्ग नामाकरण गरि २३० नम्बरको नम्बर प्लेट टाँस गरिएको हो ।

सडकको चोक तथा मिलन विन्दु (दोबाटो र चौबाटो) देखि कुनै निश्चित घरको दूरी (लम्बाई) का आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो । उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोहि आधारमा घर–घरमा नम्बर प्लेट राखिने महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए ।

पहिलो चरणमा महानगरको वडा नम्वर १ देखि १६ सम्म जिआईएस बेस्ड हाउस नम्बरिङ गर्नका लागि सर्वे गरि सबै सडकको नामाकरण गर्नुका साथै आवश्यक डाटाबेस तयार पारिसकिएको जिआईएस विज्ञ उमेश कुँवरले बताए । आवश्यक डाटावेसका आधारमा सडकको सुरु विन्दुबाट दायाँ तर्फ जोर नम्बर र बाँया तर्फ विजोर नम्वर प्रणालीका आधारमा नम्बरिङ गरिने पनि उनले बताए ।

पशुपति घोष मार्गमा साेमबार ५५ वटा घरमा नम्बरिङ गरिएको छ । १६ वटै वडाको करिब ३३ हजार भन्दा बढी घरमा नम्बरिङ गर्ने गरि तयारी भएको र पहिलो चरणमा कम्तिमा १० हजार घरमा मेट्रिक प्रणालीसहितको नम्बर प्लेट वितरण गर्ने महानगरको लक्ष्य रहेको प्राविधिक सल्लाहकार अमात्यले जानकारी दिए ।

यो प्रणालीमा सडक/गल्लीको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले जो कोहीले खोजेको घर सहजै पत्ता लगाउन सक्ने जिआईएस टेक्निसियनसमेत रहेका सब इन्जिनियर अर्चन आचार्यले बताए । घरसँग जोडिएको सडकको सुरुको बिन्दुदेखि घरको मुल ढोका सम्मको दुरी घरको नम्बर प्लेटमा राखिने भएका कारण घर पत्ता लगाउन सहज हुने पनि उनले बताए ।

नम्बरप्लेट राख्नुका साथै सडक र गल्लीको नाम र घर नम्बर गुगलमा समावेश गरिने गरि काम भइरहेको हुँदा कोही कसैको पनि सहजै ठेगाना पत्ता लगाउन सकिने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ  । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...