Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

अबैध रुपमा संचालित वीरगंजका दुई कलेजमा सिलबन्दी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा अवैध रूपले कब्जा जमाएको अन्नपूर्ण कलेजमा सिलबन्दी गरिएको छ ।

कलेज सञ्चालनका लागि आवश्यक अनुमति समेत नलिएर अवैध रूपमा विद्यालय भवनमाथि कब्जा जमाएको पाएपछि महानगरले कलेजमा सिलबन्दी गरेको हो ।

जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार (मुन्ना सर्राफ) को नेतृत्वमा पुगेको टोलीले विद्यालय भवनको मुख्य द्वारमा सिलबन्दी गरेको महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले जानकारी दिए ।

त्यस्तै महानगरको टोलीले वीरगंज महानगरपालिका – ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा पनि सिलबन्दी गरेको छ । युनिभर्सल एकेडेमीले पनि कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएको पाएपछि महानगरले सिलबन्दी गरेको नियमन समितिका संयोजक यादवले जानकारी दिए ।

यसअघि भदौ १३ गते पनि वीरगंज महानगरको टोलीले आवश्यक अनुमति नलिएको भन्दै वीरगंज स्कूल अफ ल, इम्पेरियल कलेज र बिजी बी किड्समा सिलबन्दी गरेको थियो ।

अनुगमन समितिमा वडा नम्बर १६ का वडा अध्यक्ष परशुराम चौरसिया, शिक्षा महाशाखाका अधिकृत सिर्जना बुढाथोकी, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी इन्चार्ज हरि भुषाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रह्मदेव प्रसाद यादव लगायत सञ्चारकर्मी एवम् जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...