Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

अबैध रुपमा संचालित वीरगंजका दुई कलेजमा सिलबन्दी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा अवैध रूपले कब्जा जमाएको अन्नपूर्ण कलेजमा सिलबन्दी गरिएको छ ।

कलेज सञ्चालनका लागि आवश्यक अनुमति समेत नलिएर अवैध रूपमा विद्यालय भवनमाथि कब्जा जमाएको पाएपछि महानगरले कलेजमा सिलबन्दी गरेको हो ।

जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार (मुन्ना सर्राफ) को नेतृत्वमा पुगेको टोलीले विद्यालय भवनको मुख्य द्वारमा सिलबन्दी गरेको महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले जानकारी दिए ।

त्यस्तै महानगरको टोलीले वीरगंज महानगरपालिका – ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा पनि सिलबन्दी गरेको छ । युनिभर्सल एकेडेमीले पनि कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएको पाएपछि महानगरले सिलबन्दी गरेको नियमन समितिका संयोजक यादवले जानकारी दिए ।

यसअघि भदौ १३ गते पनि वीरगंज महानगरको टोलीले आवश्यक अनुमति नलिएको भन्दै वीरगंज स्कूल अफ ल, इम्पेरियल कलेज र बिजी बी किड्समा सिलबन्दी गरेको थियो ।

अनुगमन समितिमा वडा नम्बर १६ का वडा अध्यक्ष परशुराम चौरसिया, शिक्षा महाशाखाका अधिकृत सिर्जना बुढाथोकी, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी इन्चार्ज हरि भुषाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रह्मदेव प्रसाद यादव लगायत सञ्चारकर्मी एवम् जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...