Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

कालोबजारीको आरोपमा बहुदरमाईका साह पक्राउ

spot_img
spot_img

वीरगंज । एलपी ग्याँसको कालो बजारी गरेको आरोपमा पर्साकाे बहुदरमाई नगरपालिकाबाट एक जना व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले बहुदरमाई नगरपालिका वडा नं. ४ बहुअरी पिडारीस्थित रहेकाे बिराज ट्रेडर्सका भरत साहलाई नियन्त्रणमा लिएको हो । भरत बिराज ट्रेड्सका सञ्चालक अनिल साहका पिता हुन् ।

एलपी ग्याँसको सिलिन्डर हुँदाहुँदै पनि उपभोक्तालाई फिर्ता पठाएर ठगी गर्न खोजेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी डकैला बहुअरीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) नगिना प्रसाद यादवले जानकारी दिए । 

असई यादवका अनुसार पक्राउ परेका भरतले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लागू नहुँदै उपभोक्तासँग वृद्धि भएको रकमसहित पैसा लिएका छन् । पैसा लिए पनि उनले उपभोक्तालाई ग्याँस लिन भने १२ बजे पछि आउन भनेका थिए । 

‘पसलमा भरेको ग्याँस सिलिन्डर हुँदाहुँदै पनि छैन भनेर उपभोक्तालाई फिर्ता पठाउने र एडभान्स रकम लिएको गुनासो आएपछि हामी आफ्नो टोलीसहित त्यहाँ ‘पुग्दा पसलमा २५-३० वटा ग्यास सिलिन्डर भरेको अवस्थामा मौज्दात रहेको  भेटिएपछि भरतलाई नियन्त्रणमा लिएकाे असई यादवले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...