Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

वीरगंजका नेवार समूदायले मनाए गईजात्रा

spot_img
spot_img

वीरगंज । वीरगंजमा शुक्रबार नेवार समूदायले सापारु अर्थात गईजात्रा पर्व धुमधामका साथ मनाएका छन् । एक वर्ष भित्र दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन अनुरुप वीरगंज सापारु समितिको आयोजनामा गाईजात्रा निकालिएको हो ।

वीरगंजस्थित अखत अतिथि सदनबाट निकालिएको जात्रा महाविरस्थान, माईस्थान मन्दिर, विर्ता हुँदै पुनः अतिथी सदनमा आएर समापन भएको थियो । दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्ना टोलमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्धारा दूध, फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गरिने चलन रहेको वीरगंज सापारु समितिका अध्यक्ष सञ्जय जोशीले जानकारी दिए ।

यसले वर्ष भरी मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुने धार्मिक विश्वास रहेको उनले बताए । मल्लकालीन राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सहरका अन्य बासिन्दाले पनि यस्तै शोक बेहोरिरहेका छन् भन्ने देखाएर रानीको चित्त बुझाउन गाईजात्राको परम्परा थालेको इतिहासमा उल्लेख गरिएको नेवाः समूदायका बुद्धिजिवीहरुले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...