Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पत्रकारिता क्षेत्रको स्तरवृद्धिका लागि महानगर तयार छ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पत्रकारिता क्षेत्रको स्तरवृद्धिका लागि महानगर सँधै हातेमालो गर्न तयार रहेको बताएका छन् ।

वीरगंजबाट प्रकाशित मध्य नेपाल सन्देस साप्ताहिक पत्रिकाको आठौँ वर्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रकारिता क्षेत्रमा कृयाशील रहेका महिला पत्रकाहरुको क्षमता बृद्धि तथा स्थायित्वका लागि महानगर मिलेर काम गर्न सँधै तयार रहेको बताएका हुन् ।

उनले केही पत्रकार भनिएकाहरुको खराब प्रवृत्तिका कारण समग्र पत्रकारिता क्षेत्र नै बदनाम हुने अवस्था आएको भन्दै त्यसका लागि पत्रकारसँग सम्बद्ध संस्थाहरु नै जागरुक भएर शुद्धिकरण गर्न जरुरी रहेको पनि बताए ।

वार्षिकोत्सवका अवसरमा पत्रिकाले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेकाे हाे ।

बाराकी पत्रकार महिला शारदा पोखरेललाई १० हजार रुपैयाँ सहित उत्कृष्ट महिला पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । यस्तै बरिष्ठ टेलिभिजन पत्रकार उपेन्द्र ठाकुर, युवा पत्रकार जियालाल साहलाई पनि पत्रिकाले १०/१० हजार पुरस्कारबाट सम्मानित गरेकाे हाे ।

युवा चित्रकार अजमत अली, स्तम्भकार शुदर्शनराज पाण्डे, स्व. उमाशंकर द्विवेदी (दधिचीलाई मरणोपरान्त सम्मान, पत्रिका वितरक सतेन्द्र वर्णवाललाई नगद ५ हजार सहित पुरस्कृत गरिएको पत्रिकाले जनाएकाे छ ।

पत्रिकाकी सम्पादक कविता खड्काकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, मधेश विश्व विद्यालयका उपकुलपति डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिक्षाने, वरिष्ठ पत्रकार चन्द्र किशोर झा, नेकपा एमालेका पर्सा संयाेजक डा. विश्वम्भर शर्मा, जसपा पर्साका सचिव तबरेज अहमद, डा. सुस्मा तिवारी द्विवेदी, अधिवक्ता कमल माेहन पाेखरेल, डा. लक्ष्मी थापा, सलमा खातुन लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...