Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

अर्बौँ बक्यौता नतिरेका उद्योगलाई कुलमानले संरक्षण दिएको सांसद यादवको आरोप

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण देशले अर्बौँ रुपैयाँ राजश्व गुमाएको आरोप लगाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हुने बेला उद्योगहरूलाई कहिल्यै लाइन नजाने गरी दिएको डेडिकेटेट र ट्रङ्क विद्युतीय सेवा बापत ५८ उद्योगबाट महसुल नउठाउँदा देशले अर्बौँ रुपैयाँ राजश्व गुमाइरहेको आरोप लगाएका हुन् ।

मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद समेत रहेका यादवले जगदम्बा स्टिल, डाबर नेपाल, शिवम सिमेन्ट, अग्नि सिमेन्ट, सम्राट् सिमेन्ट, घोराइ सिमेन्टलगायतका ५८ वटा उद्योगहरूबाट नेपाल विद्युत् प्राधिकरणले झन्डै १० अर्ब १४ करोड ८ लाख रुपैयाँ महसुल नउठाउँदा देशको राजश्व गुमिरहेको बताए  ।

यादवका अनुसार नेपालमा २०७२ साल तिर लोडसेडिङको समस्या चलिरहेको बेला नेपाल सरकारले तराईका विभिन्न जिल्लामा सञ्चालित उद्योगहरूलाई सहुलियत दिनका निमित्त डेडिकेटेड फिडरबाट २९८ उद्योगहरूले लाइन दिएको थियो । ‘उद्योगमध्ये केहीले डेडिकेटेड फिडरबाट विद्युत् प्रयोग गरे, तर त्यस बापतको बक्यौता भने तिरेनन्,’ उनले भने, ‘पछि अदालतले समेत उनीहरूलाई बक्यौता तिर्नुपर्छ भने आदेश दियो तर विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले त्यसमा ध्यान पुर्‍याएनन् । कसको आशीर्वाद थियो, कस्तो लाभले, के कमजोरीले, कसको डरले कुलमान घिसिङज्यूको त्यहाँ ध्यान पुगेन या किन पैसा असुलीमा अटेरी भयो ?’

उनले संसद्को सार्वजनिक लेखा समितिले पनि ३५ दिनभित्र प्राधिकरणको बक्यौता रकम उठाउन निर्देशन दिए पनि लागू नभएको बताए । ती उद्योगीहरूले फेसबुकमा नयाँ प्राडो किनेको, नयाँ गाडी किनेको फोटो फेसबुकमा हाल्ने गरेको तर विद्युत् महसुल भने तिर्ने नगर्दा पनि सरकारले ध्यान नदिएको बताए ।

उद्योगहरूले महसुल नबुझाउँदा पनि नेपाल विद्युत् प्राधिकरण मौन बस्नु शङ्कास्पद भएको उनको भनाई छ । उनले सामान्य जनताले बिद्युत् महसुल नतिर्दा प्राधिकरणले २५ प्रतिशतसम्म जरिवाना लगाउने र लाइने काट्ने गरे पनि उद्योगीहरूबाट अर्बौँ रुपैयाँ उठाउँदा बाँकी रहँदा पनि प्राधिकरणले उनीहरूको संरक्षण गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले सरकारको यसमा ध्यान पुग आवश्यक रहेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...