Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

काङ्ग्रेस पर्सा क्षेत्र नं.४ काे प्रथम क्षेत्रिय सम्मेलन सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाली काङ्ग्रेस पर्सा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.४ काे प्रथम क्षेत्रिय सम्मेलन शुक्रबार सम्पन्न भएकाे छ । 

जिराभवानी गाउँपालिकाकाे वडा नं. ३ जितपुरस्थित बरात भवनमा भएकाे सम्मेलनकाे उद्घाटन पार्टीका केन्द्रिय सदस्य एवम् नेपाल सरकारका उद्याेग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले गरेका थिए ।

सम्मेलनलाई सम्बाेधन गर्दै मन्त्री रिजालले पार्टीलाई पुनर्जागरण गर्ने उद्देश्यले सम्मेलनकाे आयाेजना गरिएकाे वताए । उनले पार्टीकाे काम लाग्न पार्टी पदाधिकारी तथा सभापतिहरुलाई निर्देशन समेत दिए ।

उनले भने “पार्टी मन नपर्नेहरु पार्टी छाेडेर जादा हुन्छ, पार्टीमा बस्नकाे लागि पार्टीलाई समय दिनु पर्छ, पार्टीकाे काम गर्नु पर्छ । त्यसपछि मात्र पार्टी वा रमेश रिजालले केही सुन्छन् नत्र केही सुन्दैनन् ।”

सम्मेलनकाे प्रमुख अतिथी समेत रहेका मन्त्री रिजालले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई विकास निर्माणकाे काम गर्न निर्देशन समेत दिए । उनले विकास निर्माणकाे काम नगर्ने र जनता ठग्ने जनप्रतिनिधिलाई पार्टी माफ नगर्ने चेतावनी समेत दिए ।

क्षेत्रिय सभापति श्रीकान्त प्रसाद यादवकाे सभापतित्वमा भएकाे सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य अजय कुमार चौरसिया, जिल्ला सभापति एवम् प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरी, पार्टीका महाधिवेशन प्रतिनिधि बशिष्ट नारायण कुर्मी, जिल्ला उपसभापति रामनारायण कुर्मी, जिल्ला प्रवक्ता रमेश पाण्डेय, जिल्ला सह सचिव नवीन सिंह लगायतकाे सहभागिता रहेकाे थियाे ।

सम्मेलनमा जिराभवानी गाउँपालिका वडा नं. १ का जनता समाजवादी पार्टीका जिल्ला सदस्य उमेश ठाकुर शर्माले जसपा परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथी मन्त्री रिजालले फुल माला र अविरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

सोही अवसर मै साबिक गा.बि.स. जगरनाथपुरका पुर्ब अध्यक्ष  जगदीश प्रसाद चौहान, काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि रामदेव प्रसाद चौहान, कांग्रेस नेता स्वर्गीय रामचन्द्र सिंहको धर्मपत्नी तथा छिपहरमाई गाउँपालिका वडा नं.३ का वडाध्यक्ष दिपेन्द्र सिंहको ममतामयी आमालाई समेत खादा, दोसल्ला तथा कदर पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन क्षेत्रीय सचिव बलिस्ठर अहमदले गरेका थिए भने सहजीकरण क्षेत्रीय कोषाध्यक्ष बिनय भूषण दुबेदीले गरेका  थिए ।

यसअघि मन्त्री रिजालले धाेबिनी गाउँपालिकाकाे वडा नं. १ मा रहेकाे श्री ने.रा.मा.वि. भिखमपुर पिपरामा राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत विधालय भवन निर्माणको लागि शिलान्यास समेत गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...