Date
बिहि, भदौ १८, २०८३
Thu, September 3, 2026

जसपा पर्साको कार्यकारणी समितिकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी नेपाल पर्साको कार्यकारीणी समितिको नियमित बैठक शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ  । पार्टीका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षता बसेको बैठकले कुल ४ वटा प्रस्तावहरु माथि छलफल गर्दै सर्बसहमतीले निर्णय गरेको छ ।

पहिलो खेद प्रस्तावमाथी छलफल गर्दै विभिन्न समयमा जिल्ला समितिको मनोबल माथी प्रहार गर्ने अभिव्यक्ति प्रति कार्यकारीणी समितिले गहिरो खेद प्रकट गरेको छ । दोस्रो प्रस्ताव संगठन सुदृढीकरण सम्बन्धमा श्रावण महिनामा बैठक बस्न नसकेको पालिकाहरु बैठक भदौ मसान्तसम्म गर्ने निर्णय भएको जिल्ला सचीव तबरेज अहमदले जानकारी दिए ।

त्यस्तै भदौ महिनामा गर्ने जिल्ला स्तरीय प्रशिक्षण केन्द्रसंग समन्वय गरि गर्ने बैठकले निर्णय गरेको छ । सो को समन्वय गर्ने जिम्मेवारी जिल्ला अध्यक्ष यादवलाई दिएको जिल्ला सचिव अहमदले वताए । साथै जिल्लाको कार्यकारीणी समितिको टोलि केन्द्रिय अध्यक्ष उपेन्द्र यादवसंग भेटघाट गर्ने काठमाडौ जाने निर्णय गरेको छ ।

हाेल विजय ज्याेतिमा बसेकाे बैठकमा जिल्ला उपाध्यक्ष अजय चौरासीया, नगेन्द्र यादव, मिथिलेस सिंह, उप सचीव सुनिल कुश्वाहा, कोषाध्यक्ष शर्मिला बिष्ट महतो र कार्यकारीणी समिति सदस्यहरु प्रदिप जयसवाल, सेख खुर्सेद, इन्द्रासन सा कलवार, सुरज मानन्धर, श्यामबाबु चौरासीया, सुनिता शर्मा, रमेश साह तेलि, ब्यान्ती देबि लगायतको उपस्तिथी रहेको जानकारी सचिव अहमदले दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाबुलाल चाचानको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

वीरगंज । चाचान समूहका अध्यक्ष, वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थामार्फत गरी कुल ५२ लाख ११...

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै...

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...