Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

आरती साहकाे न्याय माग्दै जनमतद्वारा वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । आरती साहकाे न्यायका लागि जनमत पार्टी निकट जनमत युवा संघ वीरगंज महानगर समितिले बिहिबार वीरगंजमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

दाइजोकाे निहुँमा ज्यान गुमाएकी धनुषाकी आरती साहको न्यायका लागि जनमत पार्टीका युवाहरुले प्रदर्शन गरेका हुन् । बिहीबार साँझ घण्टाघर चाेकमा जम्मा भएका जनमत पार्टी निकटका युवाहरुले आरती साहकाे न्याय माग्दै नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागी जनमतका युवाहरुले आरती साहलाई न्याय दे, दाेषीलाई कारबाही गर, आरती साहकाे परिवारजनसंग दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर लगायतका नारा लगाएका थिए ।

नाराबाजीपछि आयाेजित काेणसभामा बाेल्दै जनमत पार्टीका पर्सा जिल्ला संयाेजक ओम प्रकाश सर्राफले दाइजाेकाे निहुँमा मारिएकी आरति साहकाे न्यायका लागि उनका माइती पक्षका परिवारजन काठमाडौंकाे सडकमा ६२ दिनदेखि धर्नामा बस्दापनि सरकारले उनिहरुकाे पिडा र आवाज सुन्न नसक्नु दुखद भएकाे बताए ।

दाेषीहरुलाई पक्राउ गरि कारबाही नगरिए जनमत पार्टीले देशैभर आन्दोलन चर्काउने चेतावनीसमेत उनले दिए ।

जनमत युवा संघका नेता सन्जय सिंहकाे संयाेजकत्वमा भएकाे प्रदर्शनमा जनमत पार्टीका पर्सा सहइन्चार्ज मुकेश द्विवेदी, नेतृ करिमा बेगम , नजमा खातुन,युवा नेता कन्हैया झा, राजनारायण मिश्र,विद्यार्थी नेता राजुराज गिरी लगायतकाेपनि सहभागीता थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...