Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रदेश सांसद जयसवालले किसानलाई वितरण गरे काेदालाे

spot_img
spot_img

वीरगंज । पर्साका एक प्रदेश सभा सदस्यले किसानलाई काेदालाे वितरण गरेका छन् । पर्सा क्षेत्र नं. ३ काे १ बाट निर्वाचित प्रदेश सभा सदस्य प्रमाेद जयसवालले किसानहरुलाई काेदालाे वितरण गरेका हुन् ।

प्रदेश सांसद जयसवालले बिहिबार गाउँ मै पुगी बहुदरमाई नगरपालिकाकाे वडा नं. ५ बर्वाका १६६ जना किसानहरुलाई कुदालाे वितरण गरेका हुन् । वडा अन्तर्गतका वास्तविक किसानलाई काेदालाे वितरण गरिएकाे सांसद जयसवालले वताए ।

सांसद जयसवालले कही दिन पहिला नै काेदालाे वितरणका लागि आफ्नाे सचिवालय मात्र वास्तविक किसानकाे तथ्यांक संकलन गराएका थिए । साेही तथ्यांक अनुसार काेदालाे वितरण भएकाे सांसद जयसवालकाे सचिवालयले जनाएकाे छ । अन्य वडाका वास्तविक किसानलाई पनि काेदालाे वितरण गर्ने याेजना रहेकाे वताइएकाे छ ।

सांसद जयसवालले आफ्नाे संसदिय विकास काेषकाे बजेटबाट किसानलाई कृषिकाे काम गर्न चाहिने अति आवश्यक औजर कुदालाे वितरण गरेकाे स्थानिय अशाेक कुमार यादवले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...