Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026

छिपहरमाईकाे एक युवककाे भारतकाे दिल्लीमा मृत्यु, गाउँ नै शाेकमा

spot_img
spot_img

वीरगंज । भारतको दिल्लीमा पर्साकाे एक युवककाे मृत्यु भएकाे छ । घर निर्माणकाे काम गर्ने क्रममा ४ तल्ले भवनबाट खसेर  छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ भलुवहिया निवासी २३ बर्षिय सत्येन्द्र प्रसाद यादवकाे मृत्यु भएकाे वताइएकाे छ । तर घरपरिवारले मृत्यु संकास्पद रहेकाे जनाएका छन् ।

सत्येन्द्रकाे भारतको दिल्लीस्थित नाेइडा सेक्टर ६२ मा रहेकाे फाेरटिस हाेस्पिटलमा साउन २९ गते साेमबार नै उपचारको क्रममा मृत्यु भएपनि बुधबार मात्र शव भुलुवहियास्थित घरमा पुगेकाे छ । शव घरमा पुगेपछि गाउँ नै शाेकमा डुबेकाे हाे । 

ठेक्दार घनश्याम यादवका अनुसार मृतक सत्येन्द्र भारतको दिल्ली सेक्टर ५८ अमरउजाला टोलको सोसाइटीको ४ तल्ले भवनमा काम गर्ने क्रममा साेमबार दिउसाे २ बजेकाे करिबमा खसेका थिए । त्यसपछि उनलाई उपचारकाे लागि अस्पतालमा भर्ना गरिएकाे थियाे । साेही दिन सांझ ७ बजे अस्पतालले उनलाई मृत घाेषणा गरेकाे थियाे ।

अस्पतालले मृत घाेषणा गरेपछि दिल्ली मै उनकाे शव परिक्षण समेत भएकाे थियाे । त्यसपछि त्यहाँकाे प्रशासनले मृतककाे आफन्तलाई शव जिम्मा लगाएर पठाएकाे थियाे ।

३ महिना अघि मात्र मृतक सत्येन्द्र राेजगारीकाे शिलसिलामा दिल्ली गएका थिए । उनकाे एक १५ महिनाकाे छाेरी रहेकी छन् । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चन्दन प्रजापतिको भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सार्वजनिक

वीरगंज । चर्चित भोजपुरी गायिका कल्पना पटवारी र वीरगंजका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सोमबार एक...

दुर्गा भगवतीका तत्कालीन कार्यकारी अधिकृतसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार...

मुक्त हरवा–चरवा समुदायका लागि कानुनी साक्षरता क्लिनिक सुरु

वीरगंज । मुक्त हरवा–चरवा समुदायको कानुनी साक्षरता अभिवृद्धि गर्दै नागरिकता, भूमि अधिकार, सामाजिक सुरक्षा, श्रम अधिकार, निःशुल्क कानुनी सहायता, लैङ्गिक न्याय तथा जातीय विभेदविरुद्ध...