Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

हिन्दु विराेधी भन्दै वीरगंजमा कान्तिपुर पत्रिका जलाइयाे

spot_img
spot_img

वीरगंज । हिन्दु विराेधी कान्तिपुर भन्दै मंगलबार वीरगंजमा कान्तिपुर दैनिक पत्रिका जलाइएको छ । हिन्दू धर्ममाथिको आस्था र विश्वासमाथि प्रहार गर्ने समाचार लेखेको भन्दै केहि व्याक्तिहरुकाे समूहले बाइपास सडकमा मंगलबार बिहान पत्रिका जलाएका हुन् ।

व्यापारिक घराना चौधरी समूहले भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासीस्थित शाश्वत धाममा प्रवचनका ल्याउने तयारी गरिरहेको बेला कान्तिपुर पत्रिकाले साउन २८ गतेका दिन ‘अतिवादी धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

त्यही समाचारकाे विराेधमा हिन्दूवादी संघ संगठनहरूले मंगलबार बिहान बाइपास सडकमा पत्रिकाकाे गाडी राेकेर कान्तिपुर पत्रिका जलाउनुकाे साथै ‘हिन्दु विरोधी कान्तिपुर मुर्दावाद’ को नारापनि लगएका हुन् ।

यसैबिच मंगलबार सांझ वीरगंज मै कान्तिपुरकाे विराेधमा प्रदर्शन समेत भएकाे छ । वीरगंजकाे घडिअर्वाबाट निस्केकाे विराेध प्रदर्शन घण्टाघरमा पुगी सम्पन्न भएकाे थियाे । 

विराेध प्रदर्शनमा सहभागिहरुले हिन्दु धर्म माथि टिका टिपन्नी गर्न पाइदैन, हिन्दु विराेधी कान्तिपुर मुर्दाबाद लगायतकाे नारा लगाउनुकाे साथै कान्तिपुर पत्रिका समेत जलाएका थिए ।

उनीहरुले कान्तिपुरले छमायाचना माग्नु पर्ने वताए । प्रदर्शनकारीहरुले कान्तिपुरले छमायाचना नमागे कान्तिपुर पत्रिका वीरगंज आउन नदिने धम्की समेत दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...