Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

काजमा खटाइएका वीरगंजका ३ प्रहरी प्रमुखकाे सरुवा

spot_img
spot_img

वीरगंज । वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी प्रमुखहरुकाे सरुवा भएकाे छ । वडा प्रहरी कार्यालय विर्ताका प्रमुखमा कार्यरत प्रहरी निरिक्षक विदुर प्रसाद सिवाकाेटीकाे प्रहरी वृत लैनचाेर काठमाण्डाैमा सरुवा भएकाे छ भने उनकाे ठाउँमा पुष्कर बाेग्टी आउने भएका छन् ।

यसैगरी वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुखमा कार्यरत प्रहरी निरिक्षक आशुताेष बहादुर साहीकाे नेपाल प्रहरी अनुसन्धान कार्यालय विधुतिय अपराध कसुर तथा साइबर अपराध अनुसन्धान शाखा किर्तिपुर, काठमाडाैंमा सरुवमा भएकाे छ भने उनकाे ठाउँमा धर्मजंग थिंग आउने भएका छन् । 

यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुखमा कार्यरत प्रहरी निरिक्षक मणिराम थापाकाे इलाका प्रहरी कार्यालय टाेकरपुर, रामेछापमा सरुवा भएकाे छ भने उनकाे ठाउँमा भाष्कर खतिवडा आउने भएका छन् ।

यी तिनै जना प्रहरी निरिक्षकहरु ५ महिना पहिला मात्र काजमा आएका थिए । यीसंगै काज मै खटाइएका इलाका प्रहरी कार्यालय पाेखरियाका प्रमुखमा कार्यरत प्रहरी प्रहरी निरिक्षक माेहन बिक्रमकाे पाेखरिया मै दरबन्दी कायम गरिएकाे छ ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...