Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

आन्दाेलित शिक्षकहरुद्वारा वीरगंजमा माेटरसाइकल र्‍याली

spot_img
spot_img

वीरगंज । प्रस्तावित शिक्षा ऐन २०८० काे विराेधमा आन्दाेलित पर्साका शिक्षकहरु मंगलबार वीरगंजमा प्रदर्शन गरेका छन् । सदरमुकाम वीरगंजमा जम्मा भएका जिल्ला भरिका शिक्षकहरु माेटरसाइकल र्‍याली निकालेका हुन् ।

नेपाल शिक्षक महासंघ केन्द्रिय समितिकाे आन्दाेलनकाे कार्यक्रम अन्तर्गत महासंघ पर्साको आयाेजनामा वीरगंजस्थित चिनिमिल पिपरामा रहेकाे सिद्धार्थ स्कुलबाट निस्केकाे माेटर साइकल र्‍याली नगर परिक्रममा गर्दै शिक्षा विकास तथा समन्वय इकाईमा पुगेर ज्ञापन पत्र समेत बुझाएकाे शिक्षक मुकेश साहले वताए ।

शिक्षकहरुले शिक्षक विकास तथा समन्वय इकाईका निमित प्रमुख मनाेज चाैधरीलाई सरकार संग भएकाे ३० बुंदे र ५१ बुंदे सहमती पत्र बुझाएकाे हाे । 

र्‍यालीमा सहभागिहरुले प्रस्तावित शिक्षा ऐन २०८० खारेजी गर, नेपाल सरकारकाे प्रथम श्रेणी (सहायक स्तर) कर्मचारी सरह पारिश्रमिक वृद्धि गर लगायतकाे नारा लगाएका थिए ।

र्‍यालीमा नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य चन्देश चाैहान, महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, उपाध्यक्ष हरिन्द्र कुर्मी, सचिव विनाेद गिरी लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...