Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

बहुदरमाईमा नवनिर्मित विद्यालय भवनको उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकामा साेमबार नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ४ डकैला बहुअरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवनको जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनारले उद्घाटन गरेका हुन् ।

जिल्ला समन्वय समिति पर्सा र बहुदरमाई नगरपालिकाको संयुक्त एक करोड रुपैयाँको लागतमा निर्मित दुई तले विद्यालय भवनमा ८ वटा कक्षाकोठा छन् ।

माध्यमिक तहसम्म पठनपाठन हुने विद्यालयमा भवन निर्माण भएसँगै विद्यार्थीहरूलाई सहजता हुने जिल्ला समन्वय समिति पर्साका सभापति सोनारले विश्वास व्यक्त गरे । 

बहुदरमाई नगरपालिका मेयर सिंहासन साह तेलीको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती पर्साको उप- प्रमुख पुरन प्रसाद कुर्मी, बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...