Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाईमा नवनिर्मित विद्यालय भवनको उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकामा साेमबार नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ४ डकैला बहुअरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवनको जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनारले उद्घाटन गरेका हुन् ।

जिल्ला समन्वय समिति पर्सा र बहुदरमाई नगरपालिकाको संयुक्त एक करोड रुपैयाँको लागतमा निर्मित दुई तले विद्यालय भवनमा ८ वटा कक्षाकोठा छन् ।

माध्यमिक तहसम्म पठनपाठन हुने विद्यालयमा भवन निर्माण भएसँगै विद्यार्थीहरूलाई सहजता हुने जिल्ला समन्वय समिति पर्साका सभापति सोनारले विश्वास व्यक्त गरे । 

बहुदरमाई नगरपालिका मेयर सिंहासन साह तेलीको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती पर्साको उप- प्रमुख पुरन प्रसाद कुर्मी, बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...