Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

एमालेले संसदमाथि खेलबाड गर्याे : सांसद यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।

सोमवार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) यादवले प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेर खेलबाड गरेको बताएका हुन् । उनले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति बनाउनु आवश्यक नभएको बताए ।

पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले समिति बनाए प्रतिवेदन थन्क्याएर राख्ने बाहेक काम नहुने भन्दै आपराधिक घटनाको छानबिन नेपाल प्रहरीलाई गर्न दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘संसद अवरोध प्रमुख प्रतिपक्षले गरेको छ । सांसदलाई खेलबाडका रूपमा प्रमुख प्रतिपक्षले हेरेको छ । संसद जनताको प्रतिनिधित्व गर्ने संस्था हो । जनताको न्यायको मन्दिर हो । समसामयिक मुद्दामा यहीँबाट बहसको थालनी हुन्छ । देशमा बाढी, पहिरोले धेरै जनधनको क्षति भएको छ । यो संसद चलाउनुको साटो संसद अवरुद्ध गर्नु जायज कुरा होइन ।’

सांसद यादवले गौर हत्याकाण्डको विषयलाई उठाएर जसपामाथि षड्यन्त्र र घेराबन्दी गर्न खोजिएको बताए । उनले तत्कालीन माओवादीको हठका कारण गौर हत्याकाण्ड भएको आरोप लगाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...