Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

संघीय शिक्षा ऐनकाे विराेधमा पर्साका शिक्षकहरु पनि आन्दाेलित

spot_img
spot_img

वीरगंज । नेपाल शिक्षक महासंघ केन्द्रीय कार्य समितिको आहवानमा पर्साका शिक्षकहरु पनि आन्दाेलित भएका छन् । संघीय शिक्षा ऐन २०८० को मस्यौदाको विरोधमा पूर्व घोषित आन्दोलनकाे कार्यक्रम अन्तर्गत पर्साका १४ पालिकाकाे कार्यालयमा आइतबार शिक्षकहरु धर्ना दिनुकाे साथै पालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् ।

नेपाल शिक्षक महासंघको पहिलाे चरणकाे धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत पकहा मैनपुर गाउँपालिकामा आन्दाेलनकाे कार्यक्रम सम्पन्न भएकाे शिक्षक विकाश पाण्डेले वताए । शिक्षक महासंघ पकहा मैनपुर गाउँपालिकाकाे आयाेजना गाउँपालिका कार्यालय पकहाँ मैनपुरमा धर्ना दिनुकाे साथै ज्ञापन पत्र समेत बुझाइएकाे उनले जानकारी दिए ।

यसैगरी कालिकामाइ गाउँपालिका कार्यालय हरिहरपुर विर्तामा समेत त्यहाँका शिक्षकहरु धर्ना दिएका छन् । गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयका शिक्षकहरु गाउँपालिका कार्यालयमा धर्ना दिनुकाे साथै गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्तालाई ज्ञापन पत्र बुझाएका हुन् ।

शिक्षक महासंघ कालिकामाई गाउँपालिकाका अध्यक्ष इन्द्रदेव प्रसाद कुर्मीकाे अध्यक्षता र नेपाल शिक्षक महासंघ पर्साका जिल्ला सदस्य राहुल कुमार साहकाे प्रमुख आतिथ्यतामा भएकाे धर्नाकाे कार्यक्रममा पालिका भरिका सम्पुर्ण शिक्षक, शिक्षिकाकाे सहभागिता रहेकाे थियाे । 

धर्ना कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी जिल्ला सदस्य साहले बिगतमा भएकाे ३० बुंदे र ५१ सुत्रिय सहमतिलाई कार्यन्वयन गर्नु पर्ने बताए । उनले २०७५ सालपछि स्थायी भएका शिक्षकहरुलाई पुरानै प्रणाली अनुसार पेन्सनको व्यवस्था गर्नु पर्ने वताए ।

उनले आन्दाेलनकाे कार्यक्रम अन्तर्गत ३० गते शिक्षक विकास तथा सम्न्वय एकाइमा ३० बुंदे र ५१ सुत्रिय सहमती बुझाइने र ३२ गते प्रदेश सामाजिक बिकास मन्त्रालयमा साेही सहमती पत्र बुझाउने कार्यक्रम रहेकाे वताए । 

शिक्षक महासङ कालिकामाईका अध्यक्ष कुर्मीले संधिय शिक्षा ऐन हाम्रो पेशागत हक हितको बिपरित रहेकाेले त्यसकाे विरुद्ध सबै शिक्षकहरु एकजुट भएर लडनु पर्ने वताए । 

यसैगरी बिन्दवासिनी गाउँपालिका, सखुवा प्रसाैनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, धाेबिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिका, पाेखरिया नगरपालिका, बहुदरमाई नगरपालिका लगायतका पालिकाहरुमा शिक्षकहरुले धर्ना दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...