Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

बहुदरमाईमा नव निर्मित प्रसूतिगृहकाे उद्घाटन

spot_img
spot_img
वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ४ बहुअरी पिडारीस्थित नव निर्मित प्रसूतिगृहको शनिबार एक कार्यक्रम विच उद्घाटन गरिएकाे छ ।
 
कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य प्रदिप यावले गरेका हुन् । नगरपालिकाबाट निर्माण भएकाे नवनिर्मित प्रसूतिगृहको उद्घाटन गर्दै सांसद यादवले प्रस्तुती गृहकाे सञ्चालन पश्चात् बहुधरमाइ नगरपालिकासहित गार्मिण भेगका अन्य स्थानका जनता पनि प्रत्यक्ष रूपमा लभान्वित हुने विश्वास व्यक्त गरे ।
 
उनले आगामी दिनमा प्रसूतिगृहमा थप सेवाहरू विस्तार गर्नका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
 
बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साहकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार, बहुदरमाई नगरपालिकाका उप मेयर सुष्मा कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत शेरे मुस्तुफा, रेडियाे वीरगंज एवम् टिभि वीरगंजका अध्यक्ष ध्रुव साह, लेखापाल उपेन्द्र साह, हरि प्रसाद कुर्मी लगायत नगरपालिकाका विभिन्न वडाका  वडाध्यक्षहरू लगायत स्थानीयकाे उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...