Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जसपा वीरगंज नगर समितिको विस्तारित बैठक सम्पन्न 

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले पार्टी एक ढिक्का हुने गरि काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार पार्टीको वीरगंज महानगर कार्य समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एक ढिक्का नभए अरुले खेल्ने बाटो पाउने भन्दै पार्टीलाई मजबुद बनाउने गरि काम गर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

पर्सा क्षेत्र नम्वर १ का संघीय सांसद समेत रहेका पूर्व मन्त्री यादवले पर्सा जिल्लाको पार्टी नेतृत्व असक्षम हुँदा कार्यकर्ता हतोत्साहित भएको भन्दै चाँडै पार्टी पुनर्गठन गर्ने पनि बताए ।  

‘जिल्ला नेतृत्व असक्षम छ, एनजिओ चलाए जसरी दुई जनाले पार्टी चलाउन खोजेका छन् । त्यसरी पार्टी चल्दैन,’ उनले भने, ‘पार्टी कुनै क्लब र एनजिओ होइन, कागज मिलाएर काम हुने, कार्यकर्ताको खुन पसिनाबाट बनेको पार्टी, एनजिओमा कागज मिलाए जसरी चल्दैन ।’

अहिलेको जिल्ला कमिटीलाई पुनर्गठन गरेर नयाँ चलायमान र चुस्त कमिटी बनाउन आफू लागि परेको भन्दै उनले पुनर्गठन नगरिए नयाँ जिल्ला कमिटी तयार गर्ने पनि उद्घोष गरे ।

 वीरगंज महानगरमा जसपाले जित्दा देशैभर जसपाको शीर ठाडो भएको भन्दै उनले अहिले पार्टी भित्रैका केही व्यक्ति मेयर राजेशमान सिंह र आफूबीचको सम्बन्धलाई देखेर डाहा गर्ने गरेको पनि बताए ।

‘केही व्यक्ति मेयरसँग किन यत्ति नजिक भएको छ भनेर भन्ने गर्छन्, हामीलाई फुटाएर फाइदा लिन खोजेका होलान्, त्यस्तो सपना कसैले नदेखे हुन्छ, उनले भने, ‘यो सम्बन्ध त पर्सामा पार्टीलाई मजबुद बनाउँदै वीरगंज बनाउने सम्बन्ध हो, हामी बनाएरै देखाउछौँ, कसैले चाहँदैमा तोड्ने र जोडिने सम्बन्ध होइन ।’

पार्टी नेतृत्व विभेदकारी ढंगले चल्याे : मेयर सिंह

यस्तै कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य समेत रहेका महानगरका मेयर राजेशमान सिंहले पर्सा पार्टी नेतृत्व विभेदकारी ढंगले चलेको आरोप लगाए ।

 उनले पार्टीलाई चलायमान बनाउन सबै एक भएर लाग्नुको कुनै विकल्प नभएको भन्दै पार्टीका साथीहरुसँग भेटघाट कार्यक्रम हरेक महिना राख्न सुझाव पनि दिए ।

यस्तै कार्यक्रममा पार्टीका नेता जनार्दन यादवले प्रचण्ड नेतृत्वको सरकारले पार्टीको केन्द्रीय नेतृत्वलाई फसाउने गरि गौर काण्डको विषय उठाएको भन्दै त्यसको प्रतिबाद गर्न सबै तयार रहनु पर्ने बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रेखा साह, नेता प्रेमबाबु पटेल, वीरगंज महानगरका विभिन्न वडामा पार्टीबाट निर्वाचित वडाध्यक्षहरु मनोज यादव, रमेश यादव, प्रशुराम चौरसिया, सुशील साह, आशुतोष चतुर्वेदी, उमाशंकर तिवारी, महबुब एलाही अंसारी, कार्यपालिका सदस्य खैरुद्धिन मियाँ लगायतको उपस्थिति रहेको थियो ।

पार्टीको नगर कार्यसमितिका अध्यक्ष इश्वरचन्द्र यादवको सभापतित्वमा भएकाे कार्यक्रमको सहजिकरण उमेशलाल सहनीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...