Date
बिहि, भदौ १८, २०८३
Thu, September 3, 2026

संघियता पक्षधर सबै जसपामा गोलबद्ध हुनुपर्छ : सांसद यादव

spot_img
spot_img

वीरगंज । जनता समाजबादी पार्टीका प्रमुख सचेतक प्रदीप यादबले पहिचान र संघियता दिलाउँदै मधेसलाई समृद्धिको पाइलामा अघि बढाउने पार्टी जसपा मात्रै भएकाले यसमा गोलबद्ध हुन सबैलाई आह्वान गरेका छन् ।

शनिबार बिहान वीरगंज महानगरपालिकाकाे वडा नं. १४ को वडा इकाई कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका सांसद यादबले यस्तो आह्वान गरेका हुन् ।

उनले कठीन समयमा पनि मधेस र मधेसीको हक हितका लागि लड्ने पार्टी जसपा मात्रै भएकाले यसमा जुटेर बांकी रहेका अधुरा सपनालाई साकार पार्नु पर्ने आवश्यकता रहेको वताए ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टी एक ढिक्का हुने गरि चलायमान बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी समसेद अख्तर सहितका व्यक्तिहरु पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका थिए ।

नवप्रवेशीहरुलाई सांसद यादब र मेयर सिंहले टीका तथा फुलमाला लगाउँदै पार्टी प्रवेश गराएका थिए । सांसद यादव र मेयर सिंहको काम देखेर आफुहरु प्रभावित भएको भन्दै कांग्रेस छाडेर जसपा प्रवेश गरेको नवप्रवेशीहरुले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाबुलाल चाचानको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

वीरगंज । चाचान समूहका अध्यक्ष, वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थामार्फत गरी कुल ५२ लाख ११...

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै...

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...