Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

शिक्षा विकासमा युवाको सहभागीता बिषयमा छलफल

spot_img
spot_img

वीरगंज । २४ औं अन्तरराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा शनिबार वीरगंजमा शिक्षा विकासमा युवाको सहभागीता बिषयक छलफल कार्यक्रम सम्पन भएको छ ।

समाजिक संस्था जिल्ला समन्वय समिती पर्साद्वारा आयोजित कार्यक्रममा वाेल्दै वक्ताहरुले युवा बिना देशको विकास असम्भव रहेको बताएका हुन् । सुखी नेपाली र समृद्ध नेपालका लागी युवाको सहभागीता अनिवार्य रहेको वक्ताहरुले जोड दिए ।

समाजिक संस्थाका अध्यक्ष ईब्राहिम देवानको अध्यक्षता र पूर्व संस्थाका पूर्व अध्यक्ष एवम् जनता समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष एवम् पत्रकार छठु साह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, अधिवक्ता तथा संस्थाका सल्लहाकार बृजकिशोर पटेल, महासचिव रामप्रबेश साह, कोषाध्यक्ष अन्नत श्रेष्ठ, दिब्य युवा क्लबका निर्देशक रामाकान्त पटेल लगायतकाले शुभकामना मन्तब्य राखेको थिए ।

शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल अन्तर्गत वीरगंजकाे राधेमाईमा रहेकाे समाजिक संस्था जिल्ला समन्वय समिती पर्साको सभाहालमा कार्यक्रम भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...