Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुर गाउँपालिकामा फेरी चाेरी

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका कार्यालयमा फेरी चाेरी भएकाे छ । गाउँपालिकाकाे राष्ट्रिय परिचय पत्र शाखाकाे लेपटप र क्यामेरा चाेरी भएकाे हाे । 

राष्ट्रिय परिचय पत्र शाखाका ताल्चा फाेडेर अज्ञात समुहले शाखाकाे ल्यापटप र क्यामेरा चाेरेर लगेकाे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कष्णनन्दन रायले वताए ।

केहि दिन पहिला मात्र गाउँपालिकाकाे राष्ट्रिय परिचय पत्र शाखाका कर्मचारी माथि हातपात भएकाे थियाे । 

स्थानिय जैनुल्लाह मियाँ, भुलावन मियाँ, ताहिर हुसेन मियाँ मन्सुरीले लागु औषधको सेवान गरि मात्तिएर कर्मचारीमाथि हातपात गरेका थिए ।

साे घटनाकाे सम्बन्धमा बिहिबार मात्र इलाका प्रहरी कार्यालय पाेखरियामा भएकाे छलफलमा हातपात गर्नेहरु माफी मागेपछि सहमतीमा सुल्झिएकाे थियाे । 

यस अघि पनि जगरनाथपुर कार्यपालिकाकाे राेजगार सेवा केन्द्रमा चाेरी भएकाे थियाे । तीन महिना पहिला अज्ञात समुहले राेजगार सेवा केन्द्रमा रहेकाे इन्टरनेटकाे राउटर चाेरी गरेर लग्नुकाे साथै इन्टरनेटकाे तार काटि दिएका थिए ।

त्यसैगरी चार महिना पहिला पनि जगरनाथपुर गाउँपालिकाकाे याेजना शाखाकाे राउटर समेत चाेरी भएकाे थियाे ।

स्थानिय केही उच्छृंखल व्यक्तिहरुले गाउँपालिकाकाे कामकाज प्रभावित पार्ने उद्देश्यले गाउँपालिका कार्यालयमा सामानहरु चाेरी गर्ने गरेकाे बुझिएकाे छ । यस तर्फ प्रहरी प्रशासनकाे ध्यान जान जरुरी रहेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...