Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न सरकारसँग माग

spot_img
spot_img

वीरगंज । बाराको पुरातात्विक, सांस्कृतिक तथा धार्मिक र ऐतिहासिक महत्व बाेकेको सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न सरकारसँग माग गरिएको छ ।

आम जनता पार्टी निकट आईटी आर्मीका बारा जिल्ला इन्चार्ज सनि गुप्ताको नेतृत्वमा काठमाडौं पुगेका सिम्रौनगढका युवाहरुले पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गलाई भेटेर सिम्राैनगढलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा भनिएकाे छ , “हजारौं वर्ष अगाडि सिम्रौनगढ एउटा शशक्त शासन प्रशासनको केन्द्र (राजधानी) समेत रहेको विषय ईतिहासका पानाहरुमा उल्लेख छ । यस क्षेत्रमा पाउने अनगिन्ती पुरातात्विक संरचना र तीनका भग्नावशेषहरु तथा धर्तीको गर्भभित्र समाहित रहस्यहरु यस अमूल्य सम्पदाका जीवित प्रमाणहरू हुन् ।”

यहि साउन २० गतेमात्रै सिम्राैनगढमा बाटोखन्दा डढेको चामलको भण्डार भेटिएको थियो । त्यसअघि पनि सिम्राैगढमा पोखरी खन्ने क्रममा भगवान ब्रह्माको मूर्ति फेला परेको थियाे।

ज्ञापनपत्र बुझाउने टाेलीमा आइटी आर्मीका राष्ट्रिय अध्यक्ष चन्द्रभुषण साह, नविन साह, रन्जन कुशवाहा, राेशन कुशवाहा, चुनु साह, निकेश दास ,विनायक राज पाण्डे, राजेश मल्ल, मन्जित मल्ल, अरविन्द कुशवाहा, रितेश कुशवाहा, बिक्रान्त कुशवाहा लगायतका यसवाहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...