Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जातीय छुवाछूत र भेदभावकाे अन्त्य नेकपा एसले गर्छ : महासचिव भुसाल

spot_img
spot_img
वीरगंज । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जातीय छुवाछूत र सबै प्रकारका विभेदको अन्त्य गर्ने स्पष्ट एजेण्डा सहित जनतामा जाने र जातीय छुवाछूत र भेदभावका मुद्दाको नेतृत्व समेत एकीकृत समाजवादी गर्नेमा जोड दिएका छन् ।
 
नेपाल दलित मुक्ति संगठनको छैठौं केन्द्रीय कमिटीको बैठक (जुम मार्फत) बोल्दै महासचिव भुसालले स्पष्ट एजेण्डा सहित जनतामा जाने र जातीय छुवाछूत र भेदभावका मुद्दाको नेतृत्व समेत एकीकृत समाजवादी गर्ने बताएका हुन् ।
 
भुसालले नेपाली जनताको ७ दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने नयाँ युगको नेतृत्व गर्ने प्रमुख जिम्मेवारी झण्डै दुई तिहाईको कम्यूनिष्ट सरकारलाई रहेको बताउँदै जातीय छुवाछूत र सबैप्रकारका विभेदको अन्त्य गर्ने जोड दिए ।
 
समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक अवसर नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले गुमाएको हुनाले नेपाली वामपंथी आन्दोलनको रक्षाका लागि विद्रोह गर्नु परेको भुसालले बताए । नेपालको समृद्धिको मोडल चीन, अमेरिका वा कुनै अमूक देशको जस्तो नभई नेपाली समाजको विशेषतामा आधारित हुने र त्यसको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गर्ने महासचिव भुसालले बताए ।
 
बैठकमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा मोर्चा संगठन प्रमुख कमरेड डा. विजय पौडेलले पार्टीका दस्तावेजहरु र निर्वाचन घोषणा पत्र सबै पार्टीभन्दा स्पष्ट दृटिकोण पार्टीको रहेको स्मरण गराउँदै कार्यान्वयनमा सम्पूर्ण शक्तिका साथ अघि बढ्न आव्हान गरे ।
 
देशैभरि घटेका जातीय छुवाछूतका घट्नाका विरुद्ध पार्टीले विरोध गर्दै दोषीलाई कारवाहीकाे माग गरेको जानकारी दिए । जबसम्म दलितहरुको राजनीतिक सहभागिता, आर्थिक सशक्तिकरण र साँस्कृतिक सचेतना हुदैन तबसम्म दलित समस्या हल नहुने बताउँदै सोही अनुसार योजना प्रस्ताव गर्न संगठनलाई सुझाव दिए ।
 
नेपाल दलित मुक्ति संगठन पनि पार्टीको अभिन्न अंग भएकोले उसले व्यक्त गर्ने धारणा र खेल्ने भूमिका पार्टीको हुने र दलित सम्बन्धी निति र कार्यक्रम निर्माण दलित मुक्ति संगठनले बनाउनुपर्ने कुरामा पौडेलले जोड दिए ।
 
बैठकलाई नेपाल दलित मुक्ति संगठनका सल्लाहकार कमिटी संयोजक तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य कमरेड नीरा जैरुले संगठनले आन्तरिक रुपमा पार्टीलाई दवाव दिनुपर्ने र बाह्यरुपमा एकताबद्ध भएर संघर्ष गर्नुपर्नेमा जोड दिइन् ।
 
नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा बसेको सो बैठकमा संगठनका महासचिव घनश्याम रिजालले साँठनिक प्रतिवेदन पेश गरेका थिए । उक्त साँठनिक प्रतिवेदन सुझाव सहित पारित गर्दै संगठनको छैठौं राष्ट्रिय सम्मेलन आगामी मंसिरमा सम्पन्न गर्ने र सम्मेलन सम्पन्न गर्न तीन महिने “दलितसंग दलित मुक्ति संगठन” संगठन निर्माण अभियान” संचालन गर्ने निर्णय गरेको छ ।
 
बैठकले ८ बुंदे समसमायिक राजनीतिक प्रस्ताव समेत पारित गरेकाे छ । मुलुकको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोको कारण ठूलो धनजनको क्षेति भएकोप्रति गम्भिर हुंदै तत्काल उद्धार र राहातको व्यवस्था गर्न माग गरेकाे छ । 
 
यसैगरी बैठकले गोरखा जिल्लाका सन्तोष नेपाली र धादिङकी बविता श्रेष्ठबीचको अन्तरजातीय विवाहमा झुठ्ठा मुद्दामा फसाइएको घट्ना, सिराह जिल्लाको भगवानपुरको छुवाछूतको घट्ना, जुम्लाको मुकुन्द नेपाली र बसन्ती गिरीबीचको प्रेम सम्बन्धलाई लिएर गरेको आगजनी, हुम्लाको दलित लाशमाथिको बहिष्कार लगायतका देशका विभिन्न स्थानमा एकपछि अर्को श्रृंखलाबद्ध रुपमा दलितहरुमाथि जातीय भेदभावका घटना घटाइनु र झुठ्ठा मुद्दामा फसाउने कार्यप्रति ध्यानाकर्षण भएको जनाउँदै सबै घट्नाको एकमुष्ठ छानवीन गरी पीडितलाई न्यायसहित क्षेतिपूर्ति र अपराधीलाई कार्वाही गर्न ठोस कदम चाल्न माग समेत गरेकाे छ ।
 
यस्तै बैठकले संगठनका उपाध्यक्ष बाराका श्रीप्रसाद पासवान र कपिलवक्तुकी मीना परियारको पूर्ण स्वास्थ्य लाभको कमना गरेकाे अध्यक्ष विश्वकर्माद्वारा जारि विज्ञप्ती उल्लेख छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...