Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

जातीय छुवाछूत र भेदभावकाे अन्त्य नेकपा एसले गर्छ : महासचिव भुसाल

spot_img
spot_img
वीरगंज । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जातीय छुवाछूत र सबै प्रकारका विभेदको अन्त्य गर्ने स्पष्ट एजेण्डा सहित जनतामा जाने र जातीय छुवाछूत र भेदभावका मुद्दाको नेतृत्व समेत एकीकृत समाजवादी गर्नेमा जोड दिएका छन् ।
 
नेपाल दलित मुक्ति संगठनको छैठौं केन्द्रीय कमिटीको बैठक (जुम मार्फत) बोल्दै महासचिव भुसालले स्पष्ट एजेण्डा सहित जनतामा जाने र जातीय छुवाछूत र भेदभावका मुद्दाको नेतृत्व समेत एकीकृत समाजवादी गर्ने बताएका हुन् ।
 
भुसालले नेपाली जनताको ७ दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने नयाँ युगको नेतृत्व गर्ने प्रमुख जिम्मेवारी झण्डै दुई तिहाईको कम्यूनिष्ट सरकारलाई रहेको बताउँदै जातीय छुवाछूत र सबैप्रकारका विभेदको अन्त्य गर्ने जोड दिए ।
 
समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक अवसर नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले गुमाएको हुनाले नेपाली वामपंथी आन्दोलनको रक्षाका लागि विद्रोह गर्नु परेको भुसालले बताए । नेपालको समृद्धिको मोडल चीन, अमेरिका वा कुनै अमूक देशको जस्तो नभई नेपाली समाजको विशेषतामा आधारित हुने र त्यसको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गर्ने महासचिव भुसालले बताए ।
 
बैठकमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा मोर्चा संगठन प्रमुख कमरेड डा. विजय पौडेलले पार्टीका दस्तावेजहरु र निर्वाचन घोषणा पत्र सबै पार्टीभन्दा स्पष्ट दृटिकोण पार्टीको रहेको स्मरण गराउँदै कार्यान्वयनमा सम्पूर्ण शक्तिका साथ अघि बढ्न आव्हान गरे ।
 
देशैभरि घटेका जातीय छुवाछूतका घट्नाका विरुद्ध पार्टीले विरोध गर्दै दोषीलाई कारवाहीकाे माग गरेको जानकारी दिए । जबसम्म दलितहरुको राजनीतिक सहभागिता, आर्थिक सशक्तिकरण र साँस्कृतिक सचेतना हुदैन तबसम्म दलित समस्या हल नहुने बताउँदै सोही अनुसार योजना प्रस्ताव गर्न संगठनलाई सुझाव दिए ।
 
नेपाल दलित मुक्ति संगठन पनि पार्टीको अभिन्न अंग भएकोले उसले व्यक्त गर्ने धारणा र खेल्ने भूमिका पार्टीको हुने र दलित सम्बन्धी निति र कार्यक्रम निर्माण दलित मुक्ति संगठनले बनाउनुपर्ने कुरामा पौडेलले जोड दिए ।
 
बैठकलाई नेपाल दलित मुक्ति संगठनका सल्लाहकार कमिटी संयोजक तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य कमरेड नीरा जैरुले संगठनले आन्तरिक रुपमा पार्टीलाई दवाव दिनुपर्ने र बाह्यरुपमा एकताबद्ध भएर संघर्ष गर्नुपर्नेमा जोड दिइन् ।
 
नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा बसेको सो बैठकमा संगठनका महासचिव घनश्याम रिजालले साँठनिक प्रतिवेदन पेश गरेका थिए । उक्त साँठनिक प्रतिवेदन सुझाव सहित पारित गर्दै संगठनको छैठौं राष्ट्रिय सम्मेलन आगामी मंसिरमा सम्पन्न गर्ने र सम्मेलन सम्पन्न गर्न तीन महिने “दलितसंग दलित मुक्ति संगठन” संगठन निर्माण अभियान” संचालन गर्ने निर्णय गरेको छ ।
 
बैठकले ८ बुंदे समसमायिक राजनीतिक प्रस्ताव समेत पारित गरेकाे छ । मुलुकको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोको कारण ठूलो धनजनको क्षेति भएकोप्रति गम्भिर हुंदै तत्काल उद्धार र राहातको व्यवस्था गर्न माग गरेकाे छ । 
 
यसैगरी बैठकले गोरखा जिल्लाका सन्तोष नेपाली र धादिङकी बविता श्रेष्ठबीचको अन्तरजातीय विवाहमा झुठ्ठा मुद्दामा फसाइएको घट्ना, सिराह जिल्लाको भगवानपुरको छुवाछूतको घट्ना, जुम्लाको मुकुन्द नेपाली र बसन्ती गिरीबीचको प्रेम सम्बन्धलाई लिएर गरेको आगजनी, हुम्लाको दलित लाशमाथिको बहिष्कार लगायतका देशका विभिन्न स्थानमा एकपछि अर्को श्रृंखलाबद्ध रुपमा दलितहरुमाथि जातीय भेदभावका घटना घटाइनु र झुठ्ठा मुद्दामा फसाउने कार्यप्रति ध्यानाकर्षण भएको जनाउँदै सबै घट्नाको एकमुष्ठ छानवीन गरी पीडितलाई न्यायसहित क्षेतिपूर्ति र अपराधीलाई कार्वाही गर्न ठोस कदम चाल्न माग समेत गरेकाे छ ।
 
यस्तै बैठकले संगठनका उपाध्यक्ष बाराका श्रीप्रसाद पासवान र कपिलवक्तुकी मीना परियारको पूर्ण स्वास्थ्य लाभको कमना गरेकाे अध्यक्ष विश्वकर्माद्वारा जारि विज्ञप्ती उल्लेख छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...