Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने उधोगलाई परवानिपुर गापाद्वारा कर छुट

spot_img
spot_img

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाले उद्योग, व्यवसाय तथा कलकारखानाहरूलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न आग्रह गरेको छ ।

एउटा सूचना जारी गर्दै गाउँपालिका कार्यालयले परवानीपुर क्षेत्रमा सञ्चालित उद्योग, व्यवसाय तथा कलकारखानाहरूलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्दै वार्षिक व्यवसाय कर चुक्ता गर्न आग्रह गरेको हो ।

‘यस परवानीपुर गाउँपालिका क्षेत्रभित्र रहेका उद्योग, व्यवसाय तथा कलकारखाना सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले गाउँपालिकामा अनिवार्य व्यवसाय दर्ता गरी व्यवसाय इजाजत प्रमाण पत्र लिनु पर्ने र वार्षिक रूपमा व्यवसाय कर तिर्नु सबैको दायित्व हुन आउँछ,’ गाउँपालिकाद्वारा जारी सूचनामा लेखिएको छ ।

कार्यालयमा व्यवसाय दर्ता गराएका व्यवसायीहरूले चालू आर्थिक वर्ष भरीको व्यवसाय कर एकमुष्ट रूपमा बुझाए लाग्ने शुल्कमा ४० प्रतिशत छुट समेत दिने गाउँपालिकाले जनाएको छ । ‘आर्थिक वर्ष लागि आर्थिक ऐन २०८०/०८१ को दफा १९ बमोजिम चालु आर्थिक वर्ष २०८०/०८१ को व्यवसाय कर अग्रिम रूपमा आश्विन मसान्तसम्म एकमुष्ट बुझाएमा व्यवसायीलाई व्यवसाय करमा लाग्ने शुल्कमा ४० प्रतिशत छुटको व्यवस्था रहेकोले तोकिएको समय भित्र व्यवसाय कर बुझाई यो अवसरको फाइदा लिन हुनको लागि सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।

त्यस्तै स्थानीय युवाहरूलाई रोजगारीमा प्राथमिकता दिने उद्योग, व्यवसाय तथा कलकारखानालाई गाउँपालिकाले करमा थप सहुलियत पनि दिने जनाएको छ ।

दश जनाभन्दा धेरै रोजगारी सृजना गर्ने उद्योग, व्यवसाय तथा कलकारखानाले  त्यसको ५० प्रतिशत गाउँपालिका क्षेत्रका स्थानीय बासिन्दालाई रोजगारी दिएको प्रमाण पेस गरेमा व्यवसाय करमा थप १५ प्रतिशत छुट दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...