Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

spot_img
spot_img

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्राैनगढ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव, सव–इन्जिनियर उपेन्द्र कुशवाहा र उपभोक्ता समितिका अध्यक्षसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत चौधरी, इन्जिनियर यादव र सव–इन्जिनियर कुशवाहाले सिम्रौनगढ नगरपालिकाका वडा नम्बर तीनमा सामुदायिक भवन निर्माण कार्य र त्यसै वडाको नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यमा सम्झौता विपरीत निर्माण स्थलमा भएको परिमाणको झुट्टा बिल भरपाई बनाएको अख्तियारको भनाई छ ।

यस्तै नगरपालिकासँग गरेको सम्झौताको शर्त पालना नगरी नभए नगरेको कार्यसमेत भए गरेको भनी मूल्याङ्कन गरी गराई भुक्तानीका लागि पेश भएको नापी किताब, बिल र कार्य सम्पन्न प्रतिवेदन बमोजिम ३७ लाख, ९३ हजार, तीन सय ९२ रुपैयाँ स्वीकृत एवं भुक्तानी दिएको आयोगका सहसचिव एवम प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार अधिकृत साह, चौधरी, यादव र कुशवाहालाई ३७ लाख ९३ हजार ३९२ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा एक बमोजिम कैद र जरिवाना हुन मागदाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

यसैगरी सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्र प्रसाद यादव, सचिव विजय कुमार यादव, कोषाध्यक्ष कविता देवीलाई रु.१९ लाख ७ हजार ५ सय ३२ र बर्थिङ्ग सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवीलाई रु.१८ लाख २५ हजार ८ सय ६० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको सजाय हुन मागदाबी लिई आरोप-पत्र दायर गरिएको छ । 

नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट आर्थिक बर्ष २०७७–०७८ मा सञ्चालित योजनामा रकम निकासा गरी योजना सञ्चालन एवं सम्पन्न नगराई रकम हिनामिना तथा भ्रष्टाचारजन्य कार्य गरेको संसदीय अनुगमन विशेष समिति मधेश प्रदेशको प्रतिवेदनबारे अख्तियारमा उजुरी परेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...