Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

वीरगंजका मालपाेत अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

spot_img
spot_img

वीरगंज । मालपोत कार्यालय, वीरगंजका मालपोत अधिकृत हरिनारायण मिश्रसहित ६ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर भएकाे छ ।

अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मालपोत अधिकृत हरिनारायण मिश्र, सनद कुमार द्वीवेदी ब्रह्मण, चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, ना.सु. रामेश्वर प्रसाद साह र लेखनाथ भट्टराई विरुद्ध आराेप पत्र दायर गरेकाे हाे ।

मालपोत कार्यालय, वीरगंजको रजिष्ट्रेशन फाँट क) र ग) बाट मिति २०७३।०४।०२ गतेका दिन रजिष्ट्रेशन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिस विना न्यूनतम मूल्याङ्‍कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना हुने गरी ब्यक्तिगत लाभ लिई लिखत पारित गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कसुर गरेको देखिन आएकोले मुद्दा दायर गरिएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले जनाएकाे छ ।

फाँट “क” बाट १७ वटा र  फाँट “ग” बाट २ वटा लिखतहरु पारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा आफूले पूरा गर्नुपर्ने तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनियतपूर्वक गरेको कार्यबाट रु.४ लाख २५ हजार ५ सय ३१ राजस्व चुहावट भएको देखिँदा निजहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ बमोजिमको कसुर गरेको देखिन आएकोले मुद्दा दायर गरिएकाे आयाेगका प्रवक्ता भाेला दाहालले जानकारी दिए ।

मुदा दायर भएका ६ जना मध्ये रामेश्वर प्रसाद साहलाई ७ लाख ५१ हजार ८०९ रुपैया ९० पैसा जरिवाना, कमोद तिवारीलाई २३ हजार ४९५ रुपैया ५० पैसा,चन्द्र बहादुर भण्डारीलाई चार लाख ७८ हजार ८०८,लेखनाथ भट्टराईलाई ३९ हजार ५७ रुपैया ५० पैसा, हरिनारायण मिश्रलाई ६१ ह्जार २४३ रुपैया ७६ पैसा र प्रतिबादी सनद कुमार द्वीवेदी ब्रह्मणलाई दुई लाख २७ जहार ५५६ रुपैया ४० पैसा जरिवाना हुन मागदावी लिईएको आयाेगका प्रवक्ता दाहालले बताए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ बमोजिमको कसुर गरेको देखिन आएकोले सोही ऐनको दफा ३(घ) बमोजिम कैद गरी सोही ऐनको दफा ७ बमोजिम विगोको दोब्वर जरिवाना हुने माग दाबी सहित आयाेगले विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर प्रवक्ता दहालद्वारा जारि विज्ञप्तीमा उल्लेख छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...