Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

अग्रवालसहित दुई जनाकाे नागरिकता रद्द गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । सरकारले वंशजका आधारमा झूटो विवरण पेस गरी लिइएका दुई जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ  । जिल्ला प्रशासन कार्यालय पर्साबाट वंशजका आधारमा नागरिकता लिएका अमन चौधरी अग्रवाल र कास्कीबाट सोफिया रुथ भण्डारीको नागरिकता रद्द गर्ने निर्णय गरिएकाे हाे ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले, जिल्ला प्रशासन कार्यालयमा, झुटो विवरण पेस गरी पर्साबाट वंशजका आधारमा नागरिकता लिएका अग्रवाल र कास्कीबाट भण्डारीको नागरिकता रद्द गर्ने निर्णय जानकारी दिइन् । 

उनले भनिन्, ‘गृह मन्त्रालयको प्रस्तावमा अमन चौधरी (अग्रवाल) ले झूटो विवरण पेस गरी जिल्ला प्रशासन पर्साबाट २०७७ कात्तिक २५ गते नागरिकता प्राप्त गरेको वंशजको आधारको नेपाली नागरिकता रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउँने र संलग्नलाई सोही कारबाही गर्ने निर्णय गरेको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सोफिया रुथ भण्डारीले लिएको वंशजको नागरिकता पनि मन्त्रिपरिषदले रद्द गरेको छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...