Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

ठाकुर रामलाई व्यवस्थित बनाउन महानगर तयार छ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले यहाँ स्थित ठाकुरराम बहुमुखी क्याम्पसलाई यस क्षेत्रकै गौरबको रुपमा कायम राखिरहन सरोकारवाला सबै एक हुनु पर्ने बताएका छन् ।

बुधबार बिहान क्याम्पसले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा मेयर सिंहले क्याम्पसको गौरबलाई यथावत राख्न पठन पाठनलाई स्तरीय बनाउन जरुरी रहेको बताए ।

क्याम्पसको भौतिक संरचना मर्मत तथा निर्माणका लागि महानगर लगानी गर्न तयार रहेको भन्दै उनले त्यसका लागि क्याम्पस प्रशासनले आवश्यक योजना ल्याउन आग्रह गरे ।

‘महानगर लगानी गर्न तयार छ, तर त्यसको सदुपयोग हुनु पर्यो,’ उनले भने, ‘निर्माण गरिएका संरचना दुरुपयोग हुने, तोडफोड हुने जस्ता अराजनीतिक व्यवहार हुँदैन भन्ने ठोस प्रतिबद्धता ल्याउनुस् महानगर सँधै तयार छ ।’

कार्यक्रममा नवनियुक्त क्याम्पस प्रमुख रञ्जित प्रसाद यादबले आफूहरु क्याम्पसको शैक्षिक वातावरण चुस्त बनाउन लागिरहेको भन्दै त्यसका लागि महानगरको साथ अपरिहार्य रहेको बताए ।

उनले क्याम्पसका सबै प्राध्यापकहरु एक जुट भएर यहाँको शैक्षिक वातावरण सुधार्न प्रतिबद्ध रहेको भन्दै त्यसका लागि यहाँ अध्ययन गर्ने विद्यार्थी एवं सबै राजनीतिक दल तथा सरोकारवालाहरुको सकारात्मक साथ खोजेको बताए ।

पूर्व क्याम्पस प्रमुख ललन द्विवेदीले ६० वर्ष भन्दा पुरानो विल्डिङमा अहिले क्याम्पस चलिरहेको भन्दै संरचना निर्माणमा केन्द्रबाट सहयोग हुने नदेखिएकाले महानगरको साथ खोज्नु परेको बताए । उनले भने, ‘वीरगंजलाई नै सफा सुन्दर बनाउने अभियानमा मेयर हिँडिरहेकाेले वीरगंज कै अधिकांस विद्यार्थीले अध्ययन गर्ने थलो र यहाँले नै पहिले अध्ययन गर्नुभएको धरोहरलाई विशेष ध्यान दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

कार्यक्रममा सहायक क्याम्पस प्रमुख अनिल रमण, बिनोद प्रसाद साह, गीता श्रेष्ठ,  प्रध्यापक संघका डा.प्रमोद कुमार कुशवाहा, कर्मचारी संघका किशोरी चौधरी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...