Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

ठाकुर रामलाई व्यवस्थित बनाउन महानगर तयार छ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले यहाँ स्थित ठाकुरराम बहुमुखी क्याम्पसलाई यस क्षेत्रकै गौरबको रुपमा कायम राखिरहन सरोकारवाला सबै एक हुनु पर्ने बताएका छन् ।

बुधबार बिहान क्याम्पसले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा मेयर सिंहले क्याम्पसको गौरबलाई यथावत राख्न पठन पाठनलाई स्तरीय बनाउन जरुरी रहेको बताए ।

क्याम्पसको भौतिक संरचना मर्मत तथा निर्माणका लागि महानगर लगानी गर्न तयार रहेको भन्दै उनले त्यसका लागि क्याम्पस प्रशासनले आवश्यक योजना ल्याउन आग्रह गरे ।

‘महानगर लगानी गर्न तयार छ, तर त्यसको सदुपयोग हुनु पर्यो,’ उनले भने, ‘निर्माण गरिएका संरचना दुरुपयोग हुने, तोडफोड हुने जस्ता अराजनीतिक व्यवहार हुँदैन भन्ने ठोस प्रतिबद्धता ल्याउनुस् महानगर सँधै तयार छ ।’

कार्यक्रममा नवनियुक्त क्याम्पस प्रमुख रञ्जित प्रसाद यादबले आफूहरु क्याम्पसको शैक्षिक वातावरण चुस्त बनाउन लागिरहेको भन्दै त्यसका लागि महानगरको साथ अपरिहार्य रहेको बताए ।

उनले क्याम्पसका सबै प्राध्यापकहरु एक जुट भएर यहाँको शैक्षिक वातावरण सुधार्न प्रतिबद्ध रहेको भन्दै त्यसका लागि यहाँ अध्ययन गर्ने विद्यार्थी एवं सबै राजनीतिक दल तथा सरोकारवालाहरुको सकारात्मक साथ खोजेको बताए ।

पूर्व क्याम्पस प्रमुख ललन द्विवेदीले ६० वर्ष भन्दा पुरानो विल्डिङमा अहिले क्याम्पस चलिरहेको भन्दै संरचना निर्माणमा केन्द्रबाट सहयोग हुने नदेखिएकाले महानगरको साथ खोज्नु परेको बताए । उनले भने, ‘वीरगंजलाई नै सफा सुन्दर बनाउने अभियानमा मेयर हिँडिरहेकाेले वीरगंज कै अधिकांस विद्यार्थीले अध्ययन गर्ने थलो र यहाँले नै पहिले अध्ययन गर्नुभएको धरोहरलाई विशेष ध्यान दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

कार्यक्रममा सहायक क्याम्पस प्रमुख अनिल रमण, बिनोद प्रसाद साह, गीता श्रेष्ठ,  प्रध्यापक संघका डा.प्रमोद कुमार कुशवाहा, कर्मचारी संघका किशोरी चौधरी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...