Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

लागु औषध सेवन गरेर कर्मचारीमाथि कुटपिट, कारवाहीकाे माग

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका कर्मचारी माथि कुटपिट भएकाे छ । कर्मचारी दुर्व्यवहार तथा कुटपिट गर्ने उपर कारवाहीकाे माग गर्दै कर्मचारीहरु मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका छन ।

गाउँपालिकाको वडा नं–४ का जैनुल्लाह मियाँ, भुलावन मियाँ, ताहिर हुसेन मियाँ मन्सुरीले लागु औषधको सेवान गरि मात्तिएर आइतबार कर्मचारीमाथि हातपात गरेका थिए ।

आइतबार गाउँपाल‍िका कार्यालयमा आफ्नाे काममा ब्यस्त कर्मचारीहरुलाई नशाामा धुत भएर गुणदागर्दीशैलीमा पुगेका तीनै जनाकाे समुहले कुटपीट गरेको प्रत्यक्षदर्शीले बताएका छन । उनीहरुले गुण्डागर्दी शैलीमा कार्यालय मै पुगी योजना शाखा प्रमुख पिंकु राम, उद्यम बिकास शाखाका रमेश शाही, सव इन्जिनियर प्रमोद राम, पशु शाखा प्रमुख असहद आलम गद्दीलाई दुर्व्यवहार गर्नुकाे साथै गालीगलाैज गर्दै कुटपीट समेत गरेका हुन ।

कर्मचारीहरुले दोषीलाई कारवाही गर्न माग गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेललाई ज्ञापन पत्र बुझाएका हुन् । कर्मचारीहरुले २ दिन भित्र कारवाही नगरिए गाउँपालिकाको अत्यावश्यक सेवा बाहेक सबै कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका छन ।  

डर, त्रासकाे बतावरणमा कर्मचारीलाई काम गर्ने मनोवल हुँदैन, उनीहरुले सुरक्षीत वतावरणमा काम गर्न पाउने वतावरणको प्रत्याभूती गर्न माग समेत गरेका छन् ।  

कार्यालयले साउन २१ गते राष्ट्रिय परिचयपत्र सम्बन्धी काम नहुने सूचना प्रकाशीत गरेको थियो । तर राष्ट्रिय परिचय पत्रको काम नगरिदिएको निहुमा कर्मचारीमाथि कुटपीट गरिएको भन्दै गाउँपालिकाका कर्मचारीहरुले घटनाको निन्दा गर्दै दाेषी उपर कारवाहीकाे माग गरेका हुन् । २१ गते परिचयपत्रको काम नहुने सूचना पूर्व प्रकाशित थियो ।

कामै भएको भएपनि वडा नं. ४ को पालो त्यो दिन थिएन एक कर्मचारीले भने “हामी माथिको आक्रमण गुण्डागर्दीको चरम नमुना हो ”। कर्मचारी माथिको आक्रमण एउटा कुरा हो तर आक्रमणकारी कानूनी दण्डको दायरामा नआउनुले त्रासको वतावरण बन्दै गएको कर्मचारीको भनाई छ ।

 कर्मचारीहरुले घटना हुने बित्तिकै पाण्डेपुर प्रहरी चौकीलाई घटनाको बारेमा जानकारी गराएका थिए । त्यसपछि ठाडो उजुरी समेत दिएका कर्मचारीहरु प्रहरीले दाेषी पक्राउ नगरेपछि निराश भएका छन् ।

सीमा क्षेत्रमा बसेर अनधिकृत कारोवारको आर्थिक नजराना बुझेर बस्ने प्रहरीको प्रथामिकतामा कर्मचारीहरुको गुनासो नपर्नु नौलो कुरा त भएन तर राष्ट्रसेवक कर्मचारीहरुको लागि समेत काम नलाग्ने प्रहरी जनताको लागि काम लाग्छ त भन्ने प्रश्न पनि संगै उठेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...