Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुरका अध्यक्ष मेहताकी पत्नीकाे निधन

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताेकी पत्नी शाेभावती देवीकाे शनिबार निधन भएकाे छ । पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नं. १ धाेरे निवासी उनकाे भारतकाे पटनामा उपचारकाे क्रममा निधन भएकाे हाे ।

१७ दिनदेखि पटनाकाे जगदिश मेमाेरियल हाेस्पिटलमा उपचाररत रहेकी ५० बर्षिय शाेभावतीकाे शनिबार दिउसाे २ बजे निधन भएकाे परिवारिक स्राेतले जनाएकाे छ । उनलाई केही समयदेखि फाेक्साे र वन टिभिकाे समस्या देखिएकाे थियाे ।

पटनाबाट शनिबार सांझ उनकाे शव निज निवास धाेरेमा ल्याइसकिएकाे छ । आइतबार विहान ९ बजे धार्मिक परम्परा अनुसार गाउँ कै आर्य घाट अन्त्येष्टि गरिने छ । उनकाे दुई छाेरी र एक छाेरा रहेका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...