Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

अनसनरत ओझैया बर्तामा आउन मानेन : उपाध्यक्ष महताे

spot_img
spot_img

वीरगंज । विभिन्न माग राख्दै केहि दिन देखि अनसन बसेका पटेर्वा सुगौली गाउँपालिका–३ का रामजन्म ओझैयाकाे माग सम्बाेधन गर्न गाउँपालिका कार्यालय तयार रहेकाे पटेर्वा सुगाैली गाउँपालिकाकी उपाध्यक्ष ममता महताेले वताएकी छन् ।

गाउँपालिका कार्यालयले शनिबार वीरगंजमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा वाेल्दै उपाध्यक्ष महताेले आधिकारीक रुपमा गाउँपालिकालाई जानकारी नै नदिई ओझैया विभिन्न माग राख्दै अनसन बसेकाे कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि गाउँपालिकाकाे ध्यानाकर्षण भएकाे वताइन ।

उनले पालिकालाई आधिकारी जानकारी नै नदिई वीरगंजको घण्टाघर, जिल्ला प्रहरी कार्यालय लगायतको ठाउँमा गाउँपालिकासंग केही माग राखि अनसन बस्दै आएको कुरा थाहा पाएपछि पटक पटक वार्ताको लागी पहल गर्दा पनि असनसन बसेका युवक ओझैया वार्ताको लागी तयार नभएको बताईन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव र वडाध्यक्ष विजय गौरेले रामजन्म के कति कारणले अनसन बसेको ?, के–के मागहरु रहेको छ ? लगायतको सम्बन्धमा बुझ्न र पुरा गर्न सकिने जायज मागहरु पुरा गर्न जिल्ला समन्वय समिति पर्सामा पुगि त्यहाँका प्रमुख निरन्जन साह सोनार तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक प्रकाश बस्नेतको उपस्थितिमा समन्वय गर्न प्रस्ताव राखे पनि अनसनरत ओझैया वार्तामा बस्न नमानेको उपाध्यक्ष महतोले बताईन् ।

गाउँपालिका जुन सुके बेला पनि वार्ता गर्न तयार रहेको छ, तर पटक पटक आग्रह गर्दा पनि ओझैयाले बेवास्ता गरेको उपाध्यक्ष महतोको भनाई छ । युवक ओझैयालाई कुनै अप्रिय घटना नघटोस् र उसले उठाएका जायज मागहरु पुरा गर्ने सोचले पत्रकार सम्मेलन गरि वार्ताको आह्वान गरिएको उपाध्यक्ष महतोले बताईन् ।

ओझैयाले अराजकता ढङ्गले गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नै बिथोल्ने काम गरेका थिए, उपाध्यक्ष महतोले भनिन्, ‘त्यस क्रममा आफूमाथि दुव्र्यवहार भएको भन्दै ओझैयाले जनप्रतिनीधि सहितका माथि मुद्दा हालेका छन् ।’’

‘हरेक कुरा मैले नै भने अनुसार हुनुपर्छ भनेपछि त ओझैयाले आफै निर्वाचित भएर आउनु पर्याे नि, उपाध्यक्ष महतोले भनिन्, सबै क्षेत्रको लागी बजेट बिनियोजन गर्नु पर्ने हुन्छ । ओझैयाले भनेकै हरेक कुरा मान्न सक्ने अवस्था रहेको छैन्, तर पनि उसले उठाएका जायज मागहरु पुरा गर्न गाउँपालिका तयार छ ।’’ ‘वार्तामा आओस् न, पालिकामा नआई समस्या समाधान हुदैन नि’, उपाध्यक्ष महतोले भनिन् ।’

पटेर्वा सुगौलीका कुनै पनि व्यक्ति वा संस्थाले कुनै पनि सूचना माग गर्दा प्रचलित कानुनले तोके बमोजिक समयमा नै सूचना उपलब्ध गराएको र यसपछि पनि माग हुने सूचना उपलब्ध गराईने उपाध्यक्ष महतोले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत संदेश यादव सहित पालिकाका विभिन्न वडाका वडाध्यक्ष, वडासदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...